Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

शिक्षक दरबन्दी विवरण बुझाउन फेरी ताकेता

आइतबार, १० फागुन २०७१

भक्तपुर १० फागुन / स्वीकृत रिक्त शिक्षक दरबन्दी विवरण नबुझाए पछि शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयलाई फेरी ताकेता गरेको छ । देशभरका निम्न माध्यामिक र माध्यामिक विद्यालयहरुमा रहेको विवरण बुझाउन गएको पुस ९ गते विभागले सबै जिशिकालाई निर्देशन दिएको थियो । निर्देशन पालना नभएपछि विभागले दोश्रो पटक फागुन ६ गते पत्र काटेर फेरी निर्देशन दिएको हो ।

२०६३ बैशाख १० सम्म नियुक्त भई कार्यरत रहेको दरबन्दी र त्यस पछि नियुक्त भई कार्यरत रहेको वा रिक्त रहेको दरबन्दी यकिन गरी छुट्टा छुट्टै विवरण पेश गर्न विभागले भनेको छ ।

शिक्षक सेवा आयोग नियमावलीको संशोधनमा हरेक जिशिकाले सामुदायिक विद्यालयमा रहेको स्वीकृत रिक्त दरबन्दीको विवरण हरेक ५ महिनामा पेश गर्नु पर्ने उल्लेख छ । यसरी विवरण पठाउँदा कुन विद्यालयमा कुन कुन तह र विषयगत दरबन्दी रिक्त रहेको छ सो समेत खुलाउनु पर्ने ब्यवस्था छ ।

चैत १५ गते भित्र क्षेत्रीय कार्यालय सहित विभागमा पठाउन भनिएको छ । रिक्त पदपूर्तिका लागि विद्यालयले भर्नुपर्ने माग फारम समेत पठाएको छ ।

उक्त फारममा स्वीकृत दरबन्दी र राहत कोटा, रिक्त शिक्षक दरबन्दी संख्या, स्थायी शिक्षक कार्यरत दरबन्दी संख्या २०६३ बैशाख १० सम्म नियुक्त र त्यसपछि नियुक्त शिक्षक संख्या र स्थायी पदपूर्ति गर्नुपर्ने जम्मा दरबन्दी संख्या उल्लेख गर्नु पर्ने छ । विभागको निर्देशनमा विद्यालयमा कार्यरत शिक्षकको विवरण ढाँचा सहित पठाईएको छ ।

प्रतिक्रिया