काठमाडौँ, २४ चैत्र । महोत्तरी जिल्लाको त्रिभुवन उमावि गौशालामा मंगलबार प्रहरीले वैदेशिक रोजगारीमा गएका दाजुका नाउँमा विज्ञान विषयको प्रवेशिका परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर गाविस–९ बस्ने शिवसिंह कुशवाहाका छोरा १९ वर्षीय श्यामसिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लाको राष्ट्रिय उमावि कान्तिबजारका विद्यार्थी रामसिंह पाँच महिना पहिले वैदेशिक रोजगारीका लागि कतार गएपछि उनका ठाउँमा भाइ श्यामसिंहले जाँच दिँदै गरेको भेटिएको प्रहरी निरीक्षक मच्छेन्द्र केसीले बताए । नक्कली परीक्षार्थी श्यामसिंह राष्ट्रिय उमाविका कक्षा ८ का विद्यार्थी हुन् ।
रासस
प्रतिक्रिया