Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

नक्कली शैक्षिक प्रमाणपत्र भएका १७ डाक्टर निलम्बित

बुधबार, २४ चैत्र २०७२

काठमाडौँ, २४ चैत्र । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन पुरा गर अभ्यासरत १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । 

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदले गरेको छानबिन क्रममा नक्कली प्रमाणपत्र भेटिएका चिकित्सकलाई अनुसन्धानपछि अदालती कारबाही जारी रहँदा काउन्सिलले निलम्बन गरेको छ । 

निलम्बनमा परेका १७ जना काउन्सिलमा स्थायी र अस्थायी प्रमाणपत्र लिएर अभ्यास गरिरहेका चिकित्सक हुन् । काउन्सिलद्वारा जारी सूचनाअनुसार निलम्बित हुनेमा बिनिता यादव, सुजितकुमार श्रेष्ठ, राजेन्ऽप्रसाद दास, रामबाबु गिरी, तुलसीकुमार महतो, भगवान केबट सल्लाह, सन्तोषकुमार यादवलगात  छन् । 

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले उनीहरुको शैक्षिक प्रमाणपत्रबारे प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा मुद्दासमेत दायर गरिसकेकाले अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको हो । 

उनले नक्कली प्रमाणपत्र पेस गरेर पढेको पुष्टि भइसकेका चिकित्सकले व्यक्तिसमेत मुद्दाको अन्तिम किनारा नलाग्दासम्म काउन्सिल दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुन नपाउने निर्णयसमेत काउन्सिलले गरेको छ ।

निलम्बनमा परेका व्यक्तिले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर एमबिबिएस लगायत अध्ययन पूरा गरे पनि काउन्सिल दर्ता भएर प्रमाणपत्रसमेत लिएर अभ्यास गर्दै आएका थिए । 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया