काठमाडौँ, २४ चैत । शिक्षामन्त्री गिरीराजमणि पोखरलेले सानो ठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मंगलबार साँझ आकस्मिक निरीक्षण गरी पाठ्यपुस्तक छपाइको वस्तुस्थितिका विषयमा जानकरी लिएका छन् ।
आगामी वैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षिकसत्रका लागि विद्यालयतहका पाठ्यपुस्तक समयमै पुर्याउन कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिँदै आएका पोखरेलले केन्द्रस्थित प्रेस र पुस्तक भण्डार कक्षको अवलोकन गरे ।
सो क्रममा केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झाले यही चैत २८ गतेभित्र आवश्यक सम्पूर्ण पाठ्यपुस्तक मुद्रण गराई सक्ने प्रतिबद्धता व्यक्त गर्दै विरणमा पनि कुनै समस्या नरहेको जानकारी गराए ।
रासस
प्रतिक्रिया