Edukhabar
विहीबार, १० असोज २०८१
विचार / विमर्श

शिक्षकहरु पढाउँदैनन्, विद्यार्थी पास भएको देखाउन चिट चोराउछन् !

मंगलबार, २३ चैत्र २०७२

इन्द्र लाल शर्मा – प्रवेशिका परीक्षा एसएलसीलाई मर्यादिन गराउनमा विद्यालयका शिक्षकहरु, स्रोत व्यक्तिहरु र जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुको अहम भूमिका रहन्छ । यदि उहाँहरु सबै इमान्दार र कर्तव्यपरायण हुने हो भने परीक्षा केन्द्रमा कसैले पनि अमर्यादित कार्य गर्न सक्दैन् । अमर्यादित काम गर्ने बाहिर समाजका व्यक्ति अभिभावक हुन् वा परीक्षामा खटिएका प्रहरी नै । ती सबैले परीक्षा केन्द्रका जिम्मेवार व्यक्तिहरुकै आडमा चिट पु¥याउने प्रयास गरीरहेका हुन्छन । त्यसैले शिक्षकहरु जिम्मेवार र चनाखो हुनु जरुरी छ । 

अर्को महत्वपूर्ण कुरा विद्यार्थीहरुले २/४ नम्बरको आशाले चिटिङ गर्ने प्रयास गर्न खोज्नु स्वभाविक हुन सक्ला तर शिक्षकको पद ग्रहण गरेर  निरीक्षक बनेर चिटिङ गराउन सहयोग गर्नु शिक्षकको धर्म र आचरण होइन । “शिक्षकहरुले कक्षामा राम्रोसँग विद्यार्थीहरुलाई पढाउदैनन् अध्यापन कार्य भन्दा राजनीतिमा वढि समय विताउछन अनि आफनो विषयमा वढि विद्यार्थी पास भएको देखाउन परीक्षामा केन्द्राध्यक्ष र निरीक्षक नै बनेर चिटिङ गराउछन” भन्ने सन्देश जनमानसमा गएको छ । यो दोषबाट शिक्षकहरु मुक्त हुनुपर्छ । असल शिक्षकको परिचय दिन सक्नुपर्छ । 

मोवाइल हिजो आज सन्देश आदान प्रदान गराउने प्रमुख साधन भएको छ । यो साधनबाट मेसेन्जर, भाइवर र एसएमएसद्धारा प्राय सबै विद्यार्थीहले चलाउने तरीका जानेका हुन्छन् भन्ने कुरा परीक्षा नियन्त्रण कार्यालयदेखि परीक्षा केन्द्रसम्मका पदाधिकारीहरुले बुझेको हुनुपर्छ । यसलाई रोक्न परीक्षा हल भित्र परीक्षार्थीहरुलाई मोवाइल साथमा राख्न निषेध गरीनु पर्छ । साथै परीक्षार्थीहरुको साथमा मोबाइल भेटिएमा  चिट भेटीए सरह कारवाहीको नियम बनाइनु पर्ने हो । तर यसबारेमा कसेैले गम्भिर चासो लिएको देखिएको छैन् । तसर्थ परीक्षार्थीहरुलाई मात्र निषेध नभई केन्द्राध्यक्ष वाहेक परीक्षा केन्द्रमा खटिएका सम्पुर्ण कर्मचारी र निरीक्षकहरुलाई समेत मोवाइल लिएर जान निषेध गरिनु पर्छ । यदि कसैले अटेर गरेमा उनीहरुलाई पनि सजायको भागीदार बनाउनुपर्छ ।  

परीक्षा अमर्यादिन हुनुमा परीक्षाको खुकुलो नीति नै मुख्य कारण हो । परीक्षामा अमर्यादित काम गर्नेलाई कसैलाई “यो एक पटक भै हाल्यो” भनेर छोडी दिने कसैलाई २/३ घण्टा थुनेर छोडिदिने  कसैलाई यो परीक्षा अवधिभर निरीक्षक बन्न नपाउने भनेर छोडिदिने गरेको देखिन्छ । यसमा अपराध अनुसार कानुन बनाएर शख्त कारबाही गरिनु पर्छ । जुन कारबाहीले परीक्षार्थी र निरीक्षकलाई फेरी गलत कार्य नगर्न प्रेरित गरोस ।

केही परीक्षा केन्द्रमा प्रहरी नै चिटिङ कार्यमा सहयोग पु¥याइरहेका समाचारहरु आइरहेका छन् । प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने हो । यदि प्रहरीहरुले चिट ओसार पसार गर्न थाल्ने हो भने परीक्षाकेन्द्र वाहिर गलत नियतले पुगेका व्यत्तिहरु पहिले चिट पु¥यान प्रोत्साहित हुन्छन अनि जब प्रहरीले तिनीहरुलाई रोक्न थाल्छ तब ढुंगामुढा चल्न थाल्छ । त्यसैले परीक्षामा खटिएका प्रहरी, निरीक्षक र केन्द्राध्यक्षहरु निष्पक्ष र तटस्थ हुनु जरुरी छ ।

शर्मा त्रिभुवन विश्वविद्यालयका पूर्व सह–प्रध्यापक हुन् ।  

प्रकाशित मिति :  २०७२ चैत्र २४ गते । 

 

 

 

प्रतिक्रिया