काठमाडौँ, २३ चैत्र । त्रिभुवन विश्वविद्यालयका डिन प्राध्यापक चिन्तामणी पोखरेलले सेमेस्टर प्रणालीलाईको स्तर बढाउन प्राविधिक अभ्यासमा जोड दिनु पर्ने बताएको छन। पोखरेलले नेपालमा शिक्षा स्तरलाई बढाउन सेमेस्टर प्रणालीले आवश्यक भएको बताउँदै यसको स्तर बढाउन ध्यान दिनु पर्ने बताए।
उनले भने, 'सेमेस्टरको बारेमा धेरै चर्चा हुने गरेको छ। यसको स्तर बढाउन हामी केन्द्रित भैरहेको छौं । सेमेस्टरमा ब्यावहारिक शिक्षालाई बढि जोड दिइएको छ। त्यसको लागी प्रयोगात्मक अभ्यासमा केन्द्रित हुनु पर्छ।'
आमसंचार तथा पत्रकारिता केन्द्रिय विभागमा अध्ययनरत एम ए दोस्रो सेमेस्टरले आयोजना गरेको विदाई तथा शुभकामना कार्यक्रममा पोखरेलले पत्रकारितको विद्यार्थीले नेपाली पत्रकारिताको स्तरलाई बढाउन महत्वपुर्ण भूमिका खेलिरहेको बताए। उनले थपे, 'पत्रकारिता विद्यार्थी बहुप्रतिभाशाली हुनु पर्छ । आजले कार्यक्रममले पत्रकारिताले विद्यार्थीले कलम मात्र होइन अन्य क्षेत्रमा पनि आफनो प्रतिभा देखाउन सक्नु हुन्छ भन्ने देखाएको छ ।'
रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) मा भएको कार्यक्रमा एम पहिलो सेमेस्टरको विद्यार्थीलाई स्वागत र चौथो सेमेस्टरको विद्यार्थीलाई विदाई गरिएको थियो। कार्यक्रममा पत्रकारिता केन्द्रिय विभागको प्रमुख चिरञ्जीवी खनालले पत्रकारिता पढेको विद्यार्थीले नेपाली पत्रकारितामा नेतृत्वदायी भुमिका खेलिरहेको बताए । उनले भने, ुपत्रकारिताको थुप्रै विद्यार्थी अहिले नेपालको सफल मिडियामा नेतृत्वदायी भुमिकामा हुनु हुन्छ। यसले पत्रकारिता विषयको अध्ययनको महत्वलाई देखाउँछ । विदाई भएर जान लाग्नु भएको विद्यार्थीले भविष्यमा पत्रकारिता क्षेत्रमा राम्रो गर्ने विश्वास लिएको छु । त्यसको लागी सम्पुर्ण विद्यार्थीलाई शुभकामना छ।'
आरआर क्याम्पसका स्ववियु सभापति राजकुमार राईले पत्रकारिता विद्यार्थीले गरेको कार्यक्रममा सकारात्मक सन्देश दिएको बताए ।
(नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया