Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

झाडापखालाबाट शिक्षक पनि बिरामी

मंगलबार, २३ चैत्र २०७२

काठमाडौँ, २३ चैत्र ।  जाजरकोटको सदरमुकामबाट पैदल दुई दिन टाढा पश्चिमी क्षेत्र दसेरास्थित एसएलसी परीक्षा केन्द्रमा तीन दिनयता झाडापखालाको संक्रमण फैलिँदा जाँच दिइरहेका सात दर्जन परीक्षार्थी र आधा दर्जन शिक्षक विरामी परेका छन्।  

जनप्रिय उच्च मावि केन्द्रमा फैलिएको प्रकोपले परीक्षा अवधिभरमा एकै विद्यार्थीलाई ३/४ पल्टसम्म पखाला लाग्ने गरेको छ। पखालाबाठट शिक्षक र परीक्षार्थी विरामी परेपछि परीक्षासमेत प्रभावित भएको छ। यो परीक्षा केन्द्रबाट रामोदय मावि जेवा दसेरा, कालिका मावि सोडारी साल्मा, बाल उच्च मावि झाप्रा र सरस्वती उच्चमावि सीमाका गरी ५ सय २१ विद्यार्थीले एसएलसी दिइरहेका छन्। 

विरामीलाई टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने गरेको दसेरा स्वास्थ्य केन्द्रका अहेब विष्णु गिरीले बताए। पखालाबाट केन्द्राध्यक्ष शेरबहादुर अधिकारी, निरीक्षक हर्कबहादुर थापा, विपना थापा, ऐनवहादुर थापा र कल्पना गिरीसमेत विरामी परेको गिरीले बताए। 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया