Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

विद्यालयस्तरीय अन्तर्राष्ट्रिय क्रिकेट हुने

मंगलबार, २३ चैत्र २०७२

काठमाडौँ, २३ चैत । विद्यालय स्तरबाटै क्रिकेटको विकास गर्ने उद्देश्यले ‘डिएभी इन्टरनेसनल फ्राटर्निटी एन्ड युनिटी स्कुल क्रिकेट लिग’ प्रतियोगिता यही चैत २७ गतेदेखि राजधानीमा हुने भएको छ । 

आगामी वैशाख २ गतेसम्म ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदान तथा भक्तपुरस्थित सल्लाधारीको मैदानमा चल्ने प्रतियोगितामा नेपालका नौ र भारतका तीन विद्यालयका टोलीले भाग लिने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालका तर्फबाट मोफसलका तीन टोलीले समेत सहभागिता जनाउने भएका छन् । 

बाह्र टोलीलाई चार समूहमा विभाजित गरिएको छ, जसअन्तर्गत समूह ‘ए’मा डिएभी सुशील केडिया विश्व भारती, ललितपुर, आर्यन इन्टरनेसनल स्कुल वाराणसी, भारत र राजन मेमोरियल इन्टरनेसनल स्कुल, काठमाडौँ तथा समूह ‘बी’ मा सैनिक आवासीय महाविद्यालय, भक्तपुर, केन्द्रीय विद्यालय, काठमाडौँ र सिटी मन्टेश्वरी स्कुल, लखनउ, भारत छन् । 

त्यस्तै, समूह ‘सी’मा न्यु होराइजन स्कुल बुटबल, लिटिल पm्लावर स्कुल, धनगढी र बालभवन इन्टरनेसनल स्कुल, नयाँ दिल्ली, भारत छन् ।  त्यसैगरी, समूह ‘डी’मा नेपाल पुलिस हाइयर सेकेन्डरी बोर्डिङ स्कुल, साँगा, भक्तपुर, सनराइज स्कुल, चितवन र पारागन पब्लिक स्कुल, काठमाडौँ छन् ।  

युवा क्रिकेटरका लागि अवसरको रुपमा लिइएको र नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको सहकार्यमा ‘डिएभी स्कुल’को आयोजनामा हुन लागेको प्रतियोगितालाई विस्तारै दक्षिण एसियाभर फैलाउने आयोजकको भनाइ छ ।  

रासस 

 

प्रतिक्रिया