Edukhabar
विहीबार, १० असोज २०८१
गतिविधि

एलएलसी दिइरहेकी १७ बर्षीय विमलाले छोरा जन्माइन्  

आइतबार, २१ चैत्र २०७२

काठमाडौँ – एसएलसी परीक्षाको तेश्रो दिन गणित विषयको परीक्षा दिदै गर्दा दैलेखमा एक परीक्षार्थीले छोरा जन्माएकी छन् ।  दैलेखको चामुण्डा परीक्षा केन्द्र अन्तरगत क परीक्षा केन्द्रमा परीक्षार्थी बिमला रावतले छोरा जन्माएकी हुन् । 

देलेखको लकान्द्र घर भएकी विमला गर्भवती अवस्थामै परीक्षा दिन चामुण्डा पुगेकी थिइन् ।  आइतबार बिहान ८ बजेबाट शुरु भएको परीक्षामा गणित विषयको परीक्षा दिइरहेकी रातवले एक घण्टा पछि बच्चा जन्माएकी हुन् । 

१७ बर्षीय बिमलाले कृष्ण उच्च माध्यामिक विद्यालय लकान्द्रबाट एक्जामटेड परीक्षार्थीका रुपमा एसएलसीमा सहभागी थिइन् ।  परीक्षाकेन्द्रमै बच्चा जन्माएकी विमला र नवजात शिशु दुबैको अवस्था स्वस्थ्य रहेको चामुण्डा परीक्षा केन्द्रका केन्द्राध्यक्ष जय प्रसाद तिमील्सेनाले जानकारी दिए । 

जाजरकोटमा गीताले छोरी जन्माएर पनि परीक्षा दिइन्   

यस्तै जाजरकोटको सरस्वती उच्च माध्यामिक विद्यालय सिमा परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिइरहेकी गीता बुढाले छोरी जन्माएकी छन् ।  केन्द्राध्यक्ष सत्रुधनप्रसाद चौधरीका अनुसार गीताले छोरी जन्माएर पनि गणित विषयको परीक्षा पुरा समय अवधिमा दिएकी छन् । उनलाई परीक्षा शुरु हुनेवित्तिकै व्यथा लागेको थियो ।

कृष्ण आचार्यबाट 

प्रकाशित मिति :२०७२ चैत्र २१ गते । 

प्रतिक्रिया