काठमाडौँ, २१ चैत । धादिङ ज्यामरुङको शङ्खादेवी उच्चमाविको भौतिक र शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले विद्यालयका पूर्व विद्यार्थीहरु सङ्गठित भएका छन् । विद्यालयका पूर्व विद्यार्थी एवम रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको संयोजकत्वमा सो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले नौ सदस्यीय भूपू विद्यार्थी समाज गठन गरेका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक धमलाले विद्यालयको भौतिक र शैक्षिक अवस्था सुधारको लागि पहल गरिने बताए । विद्यालय व्यवस्थापन समितिका सभापति फणिन्द्र धमलाले विद्यालयको भौतिक र शैक्षिकस्तर सुधार गर्न स्थायीरुपमै विद्यालयको विकासमा लाग्नुपर्ने खाँचो औल्याए ।
रासस
प्रतिक्रिया