Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

फेरी पुस्तक प्रदर्शनी सुरु

शनिबार, २० चैत्र २०७२

काठमाडौँ - हरेक महिना पुस्तक प्रदर्शनी गर्दै आएको डिकुरा पब्लिकेशनले शुक्रबारदेखि भृकुटीमण्डपमा चौथो बृहत् पुस्तक प्रदर्शनी सुरु गरेको छ ।  पब्लिकेसनले आयोजना गरेको प्रदर्शनीमा एक हजारभन्दा बढी पुस्तक राखिएका छन् । पुस्तक प्रदर्शनीमा युवाहरुको बढी सहभागिता रहने गरेको छ। 

पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री दीपनारायण साहले समय समयमा हुने यस्ता पुस्तक प्रदर्शनीले मानिसलाई पढ्ने बानीको विकास गराउने बताए ।  पुस्तक प्रदर्शनीका कार्यक्रम संयोजक पुण्यप्रसाद प्रसाईंले हरेक व्यक्तिले दिनको एक घन्टा पुस्तक पढ्नैपर्ने बताए । 

आगामी वैशाख ७ गतेसम्म सञ्चालनमा रहने प्रदर्शनी बिहान ९ देखि साँझ ७ बजेसम्म खुल्ला रहने छ । पुस्तक प्रदर्शनीबाट ५० लाख भन्दा बढीको व्यापार हुने पनि प्रसाईले बताए । 

प्रकाशित मिति : २०७२ चैत्र २० गते ।

 

प्रतिक्रिया