Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

शिक्षामन्त्रीद्धारा एसएलसी परीक्षाको अनुगमन

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ, १९ चैत । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भक्तपुरका दुईवटा परीक्षा केन्द्रमा गएर एसएलसी परीक्षाको अनुगमन गरेका छन् ।  परीक्षा व्यवस्थित र मर्यादित भए÷नभएकोबारे जानकारी लिन अनुगमन गर्न मन्त्री पोखरेल भक्तपुर पुगेका हुन् । 

एसएलसी परीक्षाअन्तर्गत शुक्रबार भएको दोस्रो दिनको नेपाली विषयको परीक्षा सञ्चालन भइरहेको भक्तपुर च्यामासिंहस्थित बागेश्वरी उच्च माध्यमिक विद्यालय र मध्यपुरथिमिको लायकूस्थित आदर्श उच्चमावि परीक्षा केन्द्रमा भइरहेको परीक्षाको उनले अनुगमन गरे । 

अनुगमनपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले विद्यार्थीको भविश्य देशको भविश्यसँग जोडिएकाले शैक्षिक वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।  उनले भूकम्पपछि पनि विद्यार्थीले शान्त, चिन्तारहित र मर्यादित ढङ्गबाट परीक्षा दिनुले शैक्षिक वातावरण राम्रो रहेको पुष्टि हुने उल्लेख गरे ।  मन्त्री पोखरेलले लेटर ग्रेडिङ प्रणालीले विद्यार्थीमा शिक्षाप्रतिको त्रसित मानसिकताको अन्त्य भएको बताउँदै शिक्षामा धेरै विषयहरु रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको औल्याए । 

उनले लेटर ग्रेडिङ प्रणाली शिक्षा पुनर्गठनको एउटा अध्याय भएको बताउँदै विगतमा परीक्षार्थीमा डर र त्रास हुने गरे पनि अहिलेको परीक्षामा परीक्षार्थीले ढुक्क र उच्च मनोबलका साथ परीक्षा दिएको आफूले पाएको दाबी गरे । लेटर ग्रेडिङ सिस्टमले शिक्षामा आमूल परिवर्तन ल्याउने बताउँदै उनले यसबारे अन्योल र भ्रममा नपर्न आग्रह समेत गरे । 

सोही अनुगमन टोलीमा रहनुभएका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले देशभर परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको बताए ।  अनुगमनमा शिक्षा मन्त्रालयका योजना महाशाखाका सहसचिव लवदेव अवस्थी, भक्तपुरका जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठ, प्रहरी उपरीक्षक किरण बज्राचार्यलगायतले परीक्षाको अनुगमन गरेका थिए । 

रासस 

प्रतिक्रिया