Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

सुधारिँदै एसएलसी

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ, १९ चैत्र । पोहोरसम्म एसएलसी मर्यादित बनाउन परीक्षा समन्वय समिति र सुरक्षा अधिकारीलाई हम्मे पर्थ्यो। परिक्षा केन्द्र प्रवेश पूर्व परिक्षार्थीको शरीरबाट जति चिट निकाले पनि परीक्षाहल चिटमुक्त हुँदैनथ्यो। जति अनुगमन टोली आउँछन्, सबै चिटले गाडी भरेर फर्कन्थे।

यसपालिको बजार क्षेत्रका परीक्षाकेन्द्रको दृश्य फरक देखियो। अनुगमन टोलीले परीक्षा कोठाभित्र परीक्षार्थीबाट बिरलै चिट भेट्टाए।  भदौदेखि सुरु भएको मधेस बन्दका कारण मंसिर दोस्रो सातासम्म यहाँका विद्यालय बन्द रहे जसका कारण कोर्स नसकिँदै विद्यार्थी एसएलसीमा सहभागी हुन बाध्य भए। 

कोचिङ र ट्युसनको भरमा बिहीबारबाट सुरु एसएलसी परीक्षामा सहभागी भए। पहिलो दिनको अंग्रेजी विषयको परीक्षाको वातावरण विगतको तुलनामा निकै फरक थियो। परीक्षाहल र पूरै केन्द्रको गतिविधि गत वर्षको तुलनामा सुधारिएको पाइयो।  यो सुधार त्यत्तिकै भएको भने होइन। 

जिल्ला शिक्षा कार्यालय, सिरहाले यस वर्षको एसएलसी परीक्षा सुधार गर्न नयाँ योजना ल्यायो। सबै परीक्षाकेन्द्र सामुदायिक विद्यालयमा राख्ने र निरीक्षकसमेत सामुदायिक विद्यालयकै निमावि र प्रावि शिक्षक राख्ने नियम लगायो, शिक्षा कार्यालयले। 

'जिल्लाका सबै ३८ वटा परीक्षाकेन्द्र सामुदायिक विद्यालयमा छन्,' शिक्षा अधिकारी महेन्द्र महतोले भने, 'संस्थागत विद्यालयको बदमासी रोक्न केन्द्र सामुदायिकमा सीमित गरिएको हो।' उनका अनुसार केन्द्र नदिइएपछि संस्थागत विद्यालयका निरीक्षक राख्ने कर पनि भएन। ुसंस्थागतले निरीक्षक राख्न नपाएपछि अनियमितताको जोखिम कम भएको हो,ु उनले भने। 

महतोका अनुसार बिहीबारको एसएलसी परीक्षा विगतको तुलनामा मर्यादित र सभ्य देखिएको छ। परीक्षाकेन्द्र बाहिर लाग्ने अभिभावकको मेला यो वर्ष देखिएन। परीक्षाकोठामा अनुगमन क्रममा परीक्षार्थीबाट भेटिने गेसपेपर र चिट यसपालि तुलनात्मक हिसाबले कम भेटिएको महतोले बताए। 

सिरहामा यसपालि नियमिततर्फ ९ हजार ६ सय ६४ र एक्जाम्टेडतर्फ ३ हजार ५ सय ७० परीक्षार्थी सहभागी छन्। ुएकैचोटि पूर्ण मर्यादित त बनाउन सकिँदैन तर बिस्तारै हुने हो,ु उनले भने, 'यसपालिबाट सकारात्मक सुरुआत भएको छ।' 

आफ्नो मुताबिक निरीक्षक राख्न नपाएपछि केही संस्थागत विद्यालयका संस्थापकको मन खिन्न भएको छ। संस्थागत विद्यालयलाई पेल्ने हिसाबले यसपालि केन्द्रदेखि निरीक्षकसम्म शिक्षाले लगाम लगाएको उनीहरुको गुनासो छ। 

केही संस्थागत विद्यालय भने यो कडाइका बीच पनि फाइदा लुट्न सफल भएका छन्। सामुदायिकका अधिकतर स्थायी शिक्षक यहाँका संस्थागत विद्यालयमा समेत ुपार्ट टाइमरु छन्।

 

मावि ब्रम्हान गोर्छारीका अधिकतर शिक्षक लहानका सामुदायिक विद्यालयमा पढाउँछन्। स्रोतका अनुसार यो विद्यालयका हेडमास्टर ९प्रधानाध्यपक० रमभजन साह र शिक्षक रामु यादव लहानस्थित लिटिलस्टार उमाविमा पार्टटाइम पढाउँछन्। लिटिलस्टारको परीक्षाकेन्द्र ब्रम्हान गोर्छारी माविमा छ। 

यसैगरी, लहानस्थित जिविस द इलाइट इङ्लिस स्कुलका संस्थापक सञ्चालक नरेन्द्र झा पशुपति आदर्श उमाविका स्थायी शिक्षक हुन्। जिविसको परीक्षाकेन्द्र पशुपतिमा छ। पशुपति आदर्श उमाविको परीक्षाकेन्द्र जनता उमावि बस्तीपुरमा छ। एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिकाअनुसार परीक्षार्थी सहभागी विद्यालयका शिक्षक उक्त परीक्षाकेन्द्रमा बस्न पाउँदैनन् तर बस्तीपुर परीक्षाकेन्द्रमा बिहीबार पशुपतिका शिक्षक प्रशस्तै भेटिए। 

क्षेत्रीय प्रशासक र डिआइजीबाट अनुगमन 

बिहीबार बिहान ८ बजे अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको डेढ घन्टापछि पूर्वक्षेत्रका क्षेत्रीय प्रशासक, पूर्वक्षेत्रका डिआइजीसहितको क्षेत्रीय परीक्षा समन्वय समिति, लहानस्थित पशुपति आदर्श उमावि परीक्षाकेन्द्र प्रवेश गर्योस।  क्षेत्रीय प्रशासक कमल विष्ट, डिआइजी केशरीराज घिमिरे र पूर्वक्षेत्रीय शिक्षा निर्देशक मोहन राईसहितको टोली केन्द्र प्रवेश गर्दा सन्नाटा छाएको थियो। 

टोली माथिल्लो तला उक्लँदै परीक्षाहल प्रवेश गर्दा परीक्षार्थी आत्तिएका थिए। डिआइजी घिमिरेले नडराई लेख्न भन्दै परीक्षार्थीलाई हौस्याए। 'मर्यादाविपरीत कार्य नगर्नुस्,' उनले भनेका थिए, ुआफ्नो खुबी उत्तरपुस्तिकामा उतार्नुस्।ु  परीक्षाहलभित्रको परीक्षा अनुगमनपछि क्षेत्रीय प्रशासक विष्टले प्रतिक्रिया दिए, ुतुलनात्मक रुपमा एसएलसी परीक्षा सुधारिँदैछ। केन्द्रमा लाग्ने अभिभावक मेला, बोराका बोरा चिट यसपालि देखिएको छैन।ु डिआइजी घिमिरेले पुराना अनुभव सुनाए, ुसिरहा र सप्तरीका केन्द्रमा शान्ति सुरक्षा कायम राख्न लाठीचार्ज नगरिहुन्नथ्यो, यसपालि शान्त देखियो।ु

पूर्वाञ्चल शिक्षा निर्देशक मोहन राईका अनुसार यत्तिको शान्त परीक्षालाई मर्यादित नै मान्नुपर्छ। पहिला अनुगमन टोली परीक्षा कोठा छिर्दा झ्याल र ढोकाबाट ह्वारह्वार गेसपेपर र चिट फ्याँकिन्थ्यो,ु उनले भने, ुयसपालि निकै सुधार देखिएको छ।ु 

एक पक्राउ 

परीक्षामा अमर्यादित गतिविधि देखाउने एक कर्मचारी पक्राउ परेका छन्। सिरहा, धनगढीमाई नगरपालिका–३ का २२ वर्षीय वरुणदेव हरिजन परीक्षा सुरु भएको ४५ मिनटमा पक्राउ परेका हुन्। अंग्रेजी विषयको प्रश्नपत्र बोकेर शौचालय गएको अवस्थामा विद्यालयमा खटिएका सुरक्षाकर्मीले वरुणलाई नियन्त्रणमा लिएका थिए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया