Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

हिरासतबाटै एसएलसी परीक्षा दिँदै

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ, १९ चैत । दुई जना परीक्षार्थीले बिहीबारदेखि सुरु भएको प्रवेशिका परीक्षामा प्रहरीको हिरासतमा रहेर परीक्षा दिइरहेका छन् ।  बुधबार ताप्लेजुङ नगरपालिका– १ का प्रकाश भुजेल र लोकनाथ गुरागाईं किनमेल गर्ने क्रममा ५०० रुपैयाँको नक्कली नोटसहित पक्राउ परेका थिए । सदरमुकामको एउटा परीक्षाकेन्द्रका परीक्षार्थी रहेका उनीहरुसित नक्कली नेपाली रुपैयाँ भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।  

अनुसन्धानका क्रममा रहेका ती परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै परीक्षा लेख्ने व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।  “थप अनुसन्धान गर्नुपर्ने भएकाले जिल्ला शिक्षा कार्यालयसितको समन्वयमा हिरासतबाटै परीक्षा दिने व्यवस्था मिलाइएको हो” उनले भने ।

 रासस

 

प्रतिक्रिया