Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

सातौपटकमा छोरीसँगै परीक्षा दिँदै डोलबहादुर

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ, १९ चैत्र । ढाका टोपी, अनि चस्मा लगाएर विद्यार्थीमाझ एसएलसी परीक्षमा सहभागी यी विद्यार्थी हुन ४९ वर्षीय डोलबहादुर बस्नेत ।  यसअघि ६ पटकसम्म एसएसलसी दिएर असफल भए पनि हिम्मत नहारेका डोलबहादुर अहिले सातौं पटक आफ्नै कान्छी छोरी अन्जु बस्नेतसँग परीक्षा दिइरहेका छन्।  

सन्धिखर्क नगरपालिका १२ राशिचौर निवासी बस्नेतले अर्घा रजस्थल माविबाट एसएसलसी परीक्षाको फारम भरी युवा वर्ष रबिचित्र माबिबाट परीक्षा दिइरहेका छन् । 

(अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया