Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

एसएलसीमा चिट चोराउन नपाउँदा प्रहरीमाथि ढुंगामुढा

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ, १९ चैत्र । प्रवेशिका परीक्षा (एसएलसी) को पहिलो दिन जाजरकोटमा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।  परीक्षाको सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका छन् ।  स्थानीयको ढुंगा आक्रमणबाट एकजना प्रहरी जवान घाइते भएका छन् । 

जाजरकोटको पैँक गाविसस्थित जनता उचच मावि परीक्षा केन्द्रमा खटिएका प्रहरीमाथि बिहीबार बिहान स्थानीले ढुंगामुढा प्रहार गरेका हुन् ।  मध्यपश्चिमा क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका खनुसार स्थानीयले प्रहार गरेको ढुंगाा लागेर प्रहरी जवान अम्मर थापा घाइते भएका हुन् । 

उनको दाँत भाचिएको प्रहरीले जनाएको छ । प्रहरीले परीक्षा केन्द्रमा स्थानीयको भीडभाड भएपछि हटाउन खोजेको थियो । स्थानियले भने आफूँहरुलाई हटाउन खोजेको भन्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया