Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

एसएलसीमा परीक्षार्थी भन्दा धेरै निरीक्षक निष्कासित 

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ, १९ चैत्र । एसएलसी परीक्षालाई विद्यार्थीले भन्दा सरकारी तलब भत्ता खाएका निरीक्षकले नै अमर्यादित बनाइरेहको छन भन्ने उदाहण परीक्षाको पहिलो दिनको घटनाले प्रस्ट पारेको छ । 

परीक्षा केन्दको निरीक्षक रुपमा खटिएका मुलुक भरका नौ जना निरीक्षक निष्कासनमा परेका छन् ।  परीक्षा हलमा चिट चोर्नेलाई कारवाही तथा निष्कासन गर्ने चिट चोर्न खोज्ने विद्यार्थीलाई सचेत गराउने देखि परीक्षाको सम्पुर्ण जिम्वेवारी निरीक्षककै हुन्छ । 

तर परीक्षाको पहिलो दिन मुलुकभर ९ जना निरीक्षकले जिम्मेवारी विपरित क्रियाकलाप गरेको पाइएपछि निष्कासन गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए ।  उनका अनुसार रौतहटमा चार, सप्तरीमा दुई तथा महोत्तरी, ओखलढुंगा र जाजरकोटका एक एकजना निरीक्षकलाई निष्कासन गरिएको छ । 

(अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया