Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

एसएलसी दिन प्रवेशपत्र नपाएपछि झुण्डिएर आत्महत्या

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ - बिहीबारबाट शुरु प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछाममा एक युवतीले आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालका अनुसार मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन् ।  

परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी छिमेकी चन्द्र भण्डारीले बताए । आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेकी रावलले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही समयअगाडि सामान्य स्वास्थ्य उपचारमा भारत गएकी रावल एसएलसी परीक्षामा सहभागी हुनकै लागि घर फर्किएकी थिइन् । मृतकको शवपरीक्षणपछि मात्रै कारण खुल्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढकालले बताए । बिहीबारबाट शुरु एसएलसी परीक्षाको दोश्रो दिन आज शुक्रबार नेपाली विषयको परीक्षा भइरहेको छ । 

फोटो गुगलबाट 

प्रकाशित मिति :२०७२ चैत्र १९ गते ।

प्रतिक्रिया