काठमाडौँ – बिहीबारबाट शुरु भएको एसएलसी परीक्षाको पहिलो दिन नै रौतहटमा चार जना निरिक्षकलाई निष्काशित गरिएको छ । बिहीबार भएको अङ्ग्रेजी विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन टोलीले रौतहटका चार जना परीक्षा निरीक्षकलाई निष्काशित गरेको हो ।
निष्काशित हुनेमा उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रका इन्द्र चौधरी र रामदयाल साह रहेका छन् । यसैगरी, नेमधारी वासुदेव उच्चमावि मुडवला परीक्षा केन्द्रबाट पनि दुई जना निरीक्षकलाई निष्कासन गरिएको छ ।
परीक्षा अवधिभर निरीक्षण बस्न नपाउने गरी निष्कासन गरिएको परीक्षा अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए ।
रौतहटबाट यस वर्षको एसएलसी परीक्षामा १० हजार १५४ जना परीक्षार्थी सहभागी छन् ।
रासस
प्रतिक्रिया