Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

टहरोमा बास, टहरोमै परीक्षा

विहीबार, १८ चैत्र २०७२

काठमाडौँ, १८ चैत्र । एसएलसी परीक्षा केन्द्र तोकिएको चौतारास्थित कृष्णरत्न गंगा उच्च मावि। भूकम्पपछि यो विद्यालय अस्थायी टहरोमा सञ्चालन भइरहेको छ। कक्षा नौ उत्तीर्ण गरेर १० मा पुग्दा पूजा न्यौपाने निकै खुसी भएकी थिइन्। प्रवेशिका परीक्षा (एसएलसी) लाई केन्द्रमा राखेर उनले शैक्षिक सत्रको सुरुबाटै राम्रो तयारी थालेकी थिइन्। सदरमुकाम चौतारा पुगेर किताब, कापी, कलम र अन्य पाठ्यसामग्री किनिन्। कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविकी छात्रा पूजा स्कुल समयबाहेक साँझबिहान पनि पढाइमै केन्द्रित हुन थालेकी थिइन्। 

उत्कृष्ट अंकसहित एसएसली पास गर्ने उनको सपनामा वैशाख १२ को बिनासकारी भूकम्पले मार हान्यो। घर गर्ल्याम्म ढल्यो, स्कुल पोसाक, किताबकापी सबै पुरिए। त्रिपालमूनि डेढ महिना गुजारिन् उनले। जेठ अन्तिम साता स्कुल खुल्दा लगाएको एकसरो लुगाबाहेक उनीसँग केही थिएन। जसोतसो उनी विद्यालय जान थालिन्। 

'पढ्दा–पढ्दै भूकम्पको जान्थ्यो। हामी निकै पटक स्कुलबाट भागेका छौँ,' बिहीबारदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षा दिन सदरमुकाम आएकी पूजाले भनिन्, 'पढाइ त त्यस्तै हो, कतिबेला फेरि आउँछ भनेर भूकम्पको धक्काको प्रतीक्षा गर्थ्यौं।' उनको स्कुल नढले पनि नराम्ररी चर्किएको छ। 

'भूकम्पपछि पूरा सेट किताब निकै पछि जुटेको हो,' पूजा सुनाउँछिन्। केही किताब आफैंले किनेकी उनलाई केही शैक्षिक सामग्री स्कुलले दिएको थियो। बल्लतल्ल किताब जुटे पनि पढ्ने राम्रो वातावरण उनले वर्षभरि पाइनन्। ुसबैतिर यस्तै हो भन्ने लागेपछि कात्तिकदेखि मात्र पढाइमा ध्यान जान थाल्यो,' उनले भनिन्, 'मौसमले कुनै न कुनै समस्या दिइरह्यो।' 

एसएलसी दिन उनी केही दिनदेखि चौताराको होटलमा बसेकी छन्। आफन्त भएकाले उनले बस्ने ठाउँ पाएकी छन्। ुअझै पनि डर लागिरहन्छ। ध्वस्त चौतारा देखेर भूकम्प मात्र सम्भ्किरहन्छु,ु पूजाले भनिन्। जिल्लाकै जेठो शैक्षिक संस्था कृष्णरत्न उच्चमावि उनको परीक्षा केन्द्र हो। भूकम्पले ध्वस्त यो विद्यालय अहिले जस्ताको टहरो ९अस्थायी सिकाइ केन्द्र० मा सञ्चालित छ। ुहिम्मत हारिसकेको छैन, हेरौं...उत्कृष्ट अंक ल्याएर पास गर्ने सपना बुनेकी उनले भनिन्। 

भूकम्पबाट सर्वाधिक जनधन क्षति बेहोरेको सिन्धुपाल्चोकका विद्यार्थी अपर्याप्त तयारी, खलबलिएको मानसिकता र डरकै बीच एसएलसी दिँदै छन्। टहरोमा आश्रित उनीहरू टहरोमा पढेर टहरोमै एसएलसी दिँदै छन्। अस्थायी टहरोमा प्रचण्ड गर्मी, बर्खाको भलबाढी, हिउँदको ठन्डी र हावाहुरीको सामना गर्दै उनीहरू परीक्षासम्म आइपुगेका हुन्। 

ुनिश्चित रूपमा परीक्षार्थीको तयारी प्रभावित भएको छ,ु जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले नागरिकसँग भने, ुभूकम्पले तहसनहस जिल्लामा अघिपछि ९सामान्य अवस्था० को जस्तो कहाँ हुन्छ ररुु उनका अनुसार यस वर्ष जिल्लाबाट ६ हजार ४ सय ४३ परीक्षार्थी एसएलसीमा सहभागी हुँदैछन्। नियमिततर्फ ४ हजार ८ सय १३ र एक्जाम्टेडमा १ हजार ६ सय ३० परीक्षार्थी छन्। सबै परीक्षार्थीलाई पायक पर्ने गरी २४ परीक्षा केन्द्र तय गरिएको उनले बताए। 

ुअधिकांश केन्द्र जस्ताका टहरा हुन्,ु जिशिअ भण्डारीले भने, ुमर्यादित परीक्षाको वातावरण बनाउन कसर बाँकी राखेका छैनौं।ु टहरोको बसाइ, पढाइ र सामूहिक बासले पढाइको वातावरण खलबलिएको उनको अनुभव छ। धेरै समस्यासँग जुध्दै आएका विद्यार्थी परीक्षार्थीको हैसियतमा पाउने सुविधाबाट यसपालि बञ्चित भएको उनी बताउँछन्। 

जिल्ला शिक्षा कार्यालयका अनुसार १ सय ४० विद्यालयका परीक्षार्थी एसएलसीमा सरिक हुँदै छन्। खुला विद्यालयबाट ५८ परीक्षार्थी छन्। ु भूकम्पमा घाइते भएर हातगोडा नचल्ने परीक्षार्थी पनि छन्,ु भण्डारीले भने। यस्ता विद्यार्थी केही संख्यामा रहे पनि एकीन विवरण बिहीबारको परीक्षापछि आउने उनले बताए। जलवीरेको आनन्द उच्चमाविमा केन्द्राध्यक्षको जिम्मेवारी रुकादेवी शर्माले पाएकी छन्। जिल्लामा उनी एकमात्र महिला केन्द्राध्यक्ष हुन्। 

भूकम्पले सबै सामुदायिक ५ सय ४७ र ३४ निजी विद्यालयमा क्षति पुगेको थियो। ३ हजार ६ सय ७ कक्षा कोठा पूर्णध्वस्त भएका थिए। १५ सय ४३ कक्षा क्षतिग्रस्त भएका थिए। भूकम्पमा ध्वस्त सबै विद्यालय अहिले जस्ताको टहरो, त्रिपाल र टेन्टमा सञ्चालित छन्। अस्थायी सिकाइ केन्द्र बनाउन समय लागेकाले असारमा मात्र पठनपाठन सुरु भएको थियो। हिमाली क्षेत्रका विद्यालय त बर्खापछि मात्र सञ्चालनमा आएका थिए। 

अनेक दुःख खेपेका विद्यार्र्थी अहिले परीक्षा केन्द्रमा बासको समस्या पनि झेलिरहेका छन्। चौतारा, बाह्रविसे, मेलम्चीलगायत बजार क्षेत्रमा विद्यार्थीलाई डेरा पाउन हम्मे छ। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया