Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

भूकम्पबाट भत्किएको विद्यालय बनाउन सहयोग

विहीबार, १८ चैत्र २०७२

काठमाडौँ, १७ चैत । गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त साँखु भेगकै पुरानो विद्यालय भाग्योदय उच्च माविको भूकम्पले भत्किएको भवन पुनःनिर्माणको रकम प्रदान गरिएको छ । 

गणेशमानसिंह फाउन्डेसनको तर्फबाट अध्यक्ष एवम् नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले रु १० लाख ५३ हजार ७६८ को चेक भाग्योदय उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर स्याङ्बोलाई हस्तान्तरण गरेका थिए ।  

सो रकम अमेरिकाको हवाइमा बसोबास गर्ने नेपालीसँग मिनु गुरुङले सङ्कलन गरेर पठाएको जानकारी दिइएको थियो ।  सो कार्यक्रममा फान्डेसनका अध्यक्ष सिंहले आर्थिक सहयोगले तत्काल भवन निर्माण गर्न सकिने र आगामी दिनमा विज्ञान ल्याबको लागि सहयोग गर्ने बताए । 

जापानमा बसेका नेपालीबाट रकम सङ्कलन भइरहेको र केही समयपछि सो ल्याबको लागि आवश्यक भौतिक सामग्री सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।   गणेशमान सिंह फाउन्डेसनको सहयोगमा बन्न लागेको भूकम्प प्रतिरोधात्मक यस भवनमा दुई कोठा हुने विद्यालयका प्राचार्य रुषण वसीले दिएका छन् ।  

रासस 

 

प्रतिक्रिया