Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

एसएलसी परीक्षा अनुगमन समिति : प्रभावकारी कसरी पुरा गर्ने ? 

बुधबार, १७ चैत्र २०७२

इन्द्रलाल शर्मा – परीक्षा महत्वपूर्ण अंग हो । सबै शिक्षाका योजनाकार, निति निर्माताहरु, वुृद्धिजीविहरू र शिक्षाको क्षेत्रमा काम गर्ने सबै व्यक्तित्वहरूले यसको महत्वको वारेमा राम्रोसँग जाने बुझेको हुनुपर्छ । तर पनि यसलाई सुधार गर्न किन प्रयास गरिदैन । परीक्षाको नाममा विद्यार्थीहरूबाट प्रसस्त परीक्षा शुल्क उठाइएको हुन्छ तर पनि किन सुधारका कदममा खर्च गरिदैन ? 

अर्को कुरा परीक्षा मर्यादित नहुनुमा अनुशासनको महत्वपूर्ण भूमिका हुन्छ । आज नेपालमा राजनैतिक अस्थिरताको कारणले विद्यालय, क्याम्पस, विश्वविद्यालयहरूमा अनुशासन अत्यन्त कमजोर हुदै गएको छ। इमान्दार शिक्षक÷प्राध्यापकहरू परीक्षामा केन्दाध्यक्ष, निरीक्षक भइ काम गर्न प्राय मान्दैनन । परीक्षा मर्यादित नभएका सम्बन्धमा  व्यापक कुराहरू उठिरहेका छन् । हिजो भारतको विहार, उत्तरप्रदेशबाट शैक्षिक योग्यताका मार्कसीट र प्रमाणपपत्र लिएर आउनेहरूलाई गिज्याउने गरिन्थ्यो भने आज नेपालको शैक्षिक योग्यतालाई अरूले  गिज्यायोे भने के भन्ने ? त्यसैले यस किसिमको विग्रेको परीक्षा प्रणलीलाई सुधार गर्नु अत्यन्त जरुरी छ । त्यसैले एसएलसी र उच्च माध्यमिक शिक्षा परिषदकालागि यस किसिमको अनुगमन समिति बनाउदा राम्रो हुन्थ्यो कि ? यस बारेमा एउटा नमुना प्रस्ताव प्रस्तुत गर्दछु । 

केन्द्रीय परीक्षा अनुगमन समिति

एसएलसी र उच्च माध्यमिक शिक्षा परिषदका लागि

१) परीक्षा सहनियन्त्रक÷उपनियन्त्रक                    —संयोजक

२) वरिष्ठ मावि शिक्षक÷ वरिष्ठ उच्च मा वि शिक्षक      —सदस्य

३) पनिकाकोे वरिष्ठ कर्मचारी (सहसचिव/उपसचिव स्तर)  —सदस्य

४) गृह मन्त्रालय प्रहरी विभाग प्रतिनिधि                 —सदस्य

 केन्दीय स्तरको अनुगमन समितिको काम

१) परीक्षा केन्द्रको केन्द्राध्यक्ष नियुक्तिको व्यवस्था गर्ने । 

२) प्रत्यक परीक्षा भएको दिन परीक्षा केन्द्रको रिपोट लिने ।

३) परीक्षा केन्द्र स्तरको अनुगमन समितिलाइ आवश्यक नीति, निर्देशन दिने । 

 परीक्षा केन्द्र अनुगमन समिति

एसएलसी र उच्चमाध्यमिक शिक्षा परिषदकालागि

१) जिप्रका को प्रतिनिधि (अधिकृत स्तर)                —संयोजक

२) जिशिका को प्रतिनिधि (अधिकृत स्तर)                —सदस्य

३) वरिष्ठमा वि शिक्षक÷उच्च मा वि वरिष्ठशिक्षक       — सदस्य 

४) जिल्ला प्रहरी कार्यलयको प्रतिनिधि (अधिकृत स्तर)    — सदस्य

 परीक्षा केन्द्र स्तरको अनुगमन समितिको काम

१) प्रत्येक दिन परीक्षा केन्द्रको रिपोट केन्द्रीय अनुगमन समितिलाई दिने । 

२) परीक्षा संचालनमा केन्द्राध्यक्षलाई सहयोग गर्ने । 

३) परीक्षा केन्द्र मर्यादित संचालन गर्न केन्द्राध्यक्षलाई सुझाव दिने । 

४) गलत काम गर्ने निरीक्षक/कर्मचारीलाई तुरुन्त हटाउन केन्द्राध्यक्षलाई सुझाव दिने । 

५) केन्द्राध्यक्षबाट सन्तोषजनक काम नदेखिएमा केन्द्रीय अनुगमन समितिसँग परामर्श लिइ तत्काल  हटाएर अर्को व्यवस्था गर्ने ।

(शर्मा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका निवृत्त सह प्राध्यापक हुन् । ३० बर्ष बढी शिक्षण अनुभव भएका शाह पछिल्लो समय परीक्षामा हुने त्रुटि कसरी कम गर्ने भन्ने अभियान्ता हुन् ।)

यो पनि पढ्नुस  

परीक्षामा हुने गल्ती : शिक्षकले पढाएकै छैनन्, विद्यार्थीले कसरी जानुन् !

 

 

प्रतिक्रिया