Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यालयमा ईन्टरनेटबाटै पढाई

बुधबार, १७ चैत्र २०७२

काठमाडौँ, १७ चैत्र । त्रिभुवन नमुना उच्च मावि दैलेख बजारका विद्यार्थीहरुले नियमित कक्षासंगै अहिले ईन्टरनेटबाट पनि कक्षाहरु लिन्छन्। विद्यालयमै इन्टरनेट जडान गरी शिक्षालाई सूचना, सञ्चार तथा प्रविधिसँग जोड्नका लागि ईन्टरनेटबाटै कक्षा दिइएको हो।
ईन्टरनेट कक्षाको सांसद अम्मरबहादुर थापाले उद्घाटन गरे। जिल्लामै शिक्षक ल्याएर पढाउँदा धेरै पैसा खर्च हुने भएकाले अमेरिकाबाट ईन्टरनेटको माध्यमबाट यहाँको विद्यालयमा शिक्षा दिने ब्यवस्था मिलाईएको विद्यालयका प्रार्चाय निरक तारामीले बताए । त्रिभुवन उमाविका विद्यार्थीलाई अमेरिकबाटै ईन्टरनेटको प्रयोगले प्रत्यक्ष सेन्चुरी लिंकको सिनियर सफट्वयर ईन्जिनियर दिलिप योगीले पढाउँछन्।

ई–लाइब्रेरी एन्ड्रोइड मोवाइल एप्समा पनि उपलब्ध गराईएको छ। जसमा प्रयोगकर्ताले पुस्तकको प्रकार, किवर्ड, लेखक आदिको नामबाट खोजेर पीडीएफ भर्सनका बुक निःशुल्क डाउनलोड गरी पढ्छन् । इन्टरनेटको प्रयोग गरेर विद्यार्थी–शिक्षकहरुले विभिन्न विषयका प्रतिवेदनहरु तयार पार्न, इ–लाइब्रेरी माध्यमबाट खोज अनुसन्धानमूलक सन्दर्भ सामग्रीहरु प्राप्त गर्न, आफूलाई जिज्ञासा भएको विषयमा गहिरो अध्ययन गर्न, इन्साइक्लोपेडिया, विकिपेडिया, डिक्सनेरी, अन्तर्राष्ट्रिय भाषा र विश्वव्यापी भइरहेका नयाँ आविष्कारका बारेमा जानकारी दिईने विद्यालयले जनाएको छ। इन्टरनेटको माध्यमबाट विद्यार्थी–शिक्षकहरुले समयमा पाठ्यपुस्तक नपुग्ने अति दुर्गम ठाउँका विद्यालयहरुमा पाठ्यसामग्रीहरु, अति आवश्यक विषयहरु डाउनलोड गरी पढ्न पढाउन सुरु गर्ने विश्वास लिईएको छ। 

विशेष गरी भौतिकशास्त्र, गणित, जीव विज्ञान, रसायनशास्त्र र सम्पूर्ण रूपमा विज्ञानको क्षेत्रमा सकारात्मक परिवर्तन विद्यार्थीहरुमा आउने विश्वास विद्यालयले गरेको छ । दैलेख जिल्लाका निर्वाचन क्षेत्र नं। १ का १० वटा र निर्वाचन क्षेत्र नं। २ का १० वटा सोलार र कम्प्युटर उपलब्ध भएका उच्च माध्यमिक विद्यालयहरुमा इन्टरनेट जडान गरी शिक्षालाई सूचना, सञ्चार तथा प्रविधिसँग जोडेर पढाई सुरु गरिने तयारी रहेको दैलेख क्षेत्र नम्वर १ का सासद अम्मरबहादुर थापाले बताए। 

किस्ट कलेज र दैलेखको त्रिभुवन उमाविमा रुपान्तरण नेपालको पहलमा ईन्टरनेटबाट पढाउने ब्यवस्था मिलाईएको हो। त्यस्तै लोकसेवा, नेपाली उखानटुक्का, नेपाली सामान्य ज्ञान, नेपाली गाउँ खाने कथा, लर्न नेपाली, क्विज नेपाल, अल नेपाल इजुकेशन, नेपाली फ्रेज बुक, नेपाली गुरु, सामान्य ज्ञान, प्याराग्राफ कलेक्सन, नेपाली वर्णमाला जस्ता अनगिन्ती एप्सहरु अध्यायन गर्न चाहने विद्यार्थीहरुका लागि सहज रुपमा ईन्टरनेटबाटै उपलब्ध गराईने जनाईएको छ ।  

प्राविधिसंग झुकावराख्ने जो कुनसुकै कक्षाका विद्यार्थीका लागि पनि कक्षा खुल्ला गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश विसीले बताए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया