Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

सुम्बेक मावि 'सफा विद्यालय'

बुधबार, १७ चैत्र २०७२

काठमाडौँ, १७ चैत्र । इलाम–सुम्बेक गाविसस्थित सुम्बेक माध्यमिक विद्यालय ुजिल्लाकै सफा विद्यालयु घोषित भएको छ । घोषणासँगै विद्यालयले ३० हजार रुपैयाँ पुरस्कार पाएको छ । 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले मंगलबार सुम्केकमै कार्यक्रम आयोजना गरी विद्यालयलाई पुरस्कार दिएको हो। १ वर्षसम्म गरिएको अनुगमनमा सुम्बेक स्कुल सरसफाइमा जिल्लामै उत्कृष्ट पाएको महासंघले जनाएको छ। विद्यालय छनौटका २० सूचकमध्ये सबैभन्दा धेरै सूचक स्कुलले पूरा गरेको महासंघ अध्यक्ष मनराज जबेगूले बताए । 

पञ्चकन्याको पुण्य स्मारिका निमावि दोस्रो, इलाम नगरपालिकाको महमाई निमावि तेस्रो र पञ्चकन्याकै वीरेन्द्र मावि चौथो सफा विद्यालय भए । पुण्यले २० हजार तथा तेस्रो र चौथो स्कुलले ५–५ हजार रुपैयाँ पुरस्कार पाए । 

उत्कृष्ट स्कुलहरूलाई सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डे र खानेपानी तथा महासंघ अध्यक्ष मनराज जबेगूले प्रमाणपत्र तथा चेक प्रदान गरे । 

महासंघले छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय, सरसफाइका लागि पर्याप्त पानी, प्रयोगकर्तालाई सहज हुने स्कुल भवन तथा शौचालय, फोकल शिक्षक, बालक्लबको सक्रियता, व्यक्तिगत सरसफाइलगायत सूचक राखेको थियो ।  

त्यस अवसरमा सहायक प्रजिअ फागोले सरसफाइले विद्यालयको वातावरण तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रभाव पार्ने भएकाले यसका लागि सम्पूर्ण विद्यालय संवेदनशील हुनुपर्ने बताए ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया