Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

अनलाइन शिक्षा कार्यक्रम लागू हुने

बुधबार, १७ चैत्र २०७२

काठमाडौँ, १७ चैत । पाचँथरमा ढिलै भए पनि अनलाइन शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । समयानुकूल शिक्षामा जोड दिँदै बालबालिकालाई व्यावहारिक ज्ञान र सीप प्रदान गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

गत असोज पहिलो हप्तासम्ममा विद्यालयको सर्वेक्षण गरी दोस्रो सातादेखि अनलाइनबाट अध्यापन गराउने भनिएको भएपनि आगामी शैक्षिकसत्रदेखि भने कार्यक्रम लागू हुने भएको छ । विद्युत् सेवा पुगेका २० वटा विद्यालयमा पहिलो चरणमा अनलाइन शिक्षा लागू गर्ने बताइएको छ ।  

यसका लागि ४०० थान कम्फ्युटर पनि खरिद गरिएको कार्यक्रमका प्रोजेक्ट म्यानेजर राधाकृष्ण न्यौपानेले बताउनुभयो । कार्यक्रमका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र शिक्षकले विद्यालयमा आवश्यक पूर्वाधार तयार गर्ने प्रतिबद्धता जनाएका छन् ।  

शिक्षा क्षेत्रमा सुधारको अपेक्षासहित सञ्चालन गर्ने भनिएको कार्यक्रमका लागि पाठ्यक्रम स्थानीयस्तरमै तयार गर्ने भनिएको थियो । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रमलाई बेवास्ता गर्ने नभई सोही पाठ्यक्रमलाई आधार मानेर कम्फ्युटर सफ्टवेयरको माध्यमबाट विद्यार्थीलाई ज्ञान दिलाउने र यसले पाठ्यपुस्तक नपाउने समस्या हल हुने पनि बताइएको छ ।  

पहिलो पटक पाँचथर, झापा र बझाङमा अनलाइन शिक्षा कार्यक्रम लागू गर्ने बताइएको छ । 

रासस 

 

प्रतिक्रिया