Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसीमा प्राविधिक विद्यार्थी घट्दो

बुधबार, १७ चैत्र २०७२

काठमाडौँ, १७ चैत्र ।  प्रवेशिका परीक्षापछि माथिल्लो तहमा अध्यनका लागि सहज बाटो नहुँदा प्राविधिक धारका विद्यार्थीको सङ्ख्या घट्दो पाइएको छ।  परीक्षा दिने कुल विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्ने गरेकामा प्राविधिक क्षेत्रका विद्यार्थी भने गत वर्षको तुलनामा केही कम देखिएको छ । गत वर्षको परीक्षामा नियमिततर्फ तीन हजार २९३ विद्यार्थी सहभागी थिए भने यस वर्ष ३८ कम अर्थात् तीन हजार २५५ विद्यार्थीले आवेदन दिएका छन् ।  

यसमा एक हजार ९८२ छात्र र एक हजार २७३ छात्रा छन् ।  हाल प्राविधिक धारका कुल १०० विद्यालय छन् । ती विद्यालयका लागि विषयगत शिक्षक र तालिमको पनि अपर्याप्त छ । गत वर्ष कक्षा ११ मा प्राविधिक धारको पाठ्यक्रम तर्जुमाका लागि ती १०० विद्यालयका सञ्जाल र संसद्को शिक्षा हेर्ने समितिले सरकारले पटकपटक ध्यानाकर्षण गराउनुपरेको थियो । 

सरकारले छ वर्षअघि ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रम ९एसएसआरपी० र आगामी वर्षदेखि लागू हुने विद्यालय क्षेत्र सुधार कार्यक्रम ९एसएसडिपी० मा सामान्य शिक्षाका अतिरिक्त कक्षा ९ देखि प्राविधिक धारमा पनि शिक्षा दिइने व्यवस्था छ ।

एक्काइसौँ शताब्दी अनुकूल शिक्षालाई व्यावसायिक र रोजगारमूलक बनाउन प्राविधिक धारको शिक्षामा जोड दिनुपर्ने सवाल हरेक राजनीतिक दल र विद्यार्थी सङ्गठनले पनि उठाउँदै आएका छन् । ‘सबैका लागि शिक्षा’को अन्तर्राष्ट्रिय लक्ष्यको एक हिस्सामा पनि प्राविधिक धारको शिक्षाको रोजाइलाई समान स्थान दिने उल्लेख छ । 

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा उपनियन्त्रक अनुपम श्रेष्ठ कक्षा ९ र १० का विद्यार्थी प्रायः १३र१४ वर्षका हुने र उनीहरुले प्राविधिक धारमा शारीरिक काम ९अभ्यास० पनि गर्नुपर्ने भएकाले विद्यार्थी बढ्न नसकेको हुन सक्ने बताए। विद्यमान श्रम ऐनले १८ वर्ष नपुगी बालबालिकालाई श्रममा लगाउन नलाउन रोक लगाएको छ । 

सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापा सरकारले प्राविधिक धारमा राम्रो गर्न सक्ने कतिपय विद्यालय मुलुकबाहिर जाने क्रम पनि जान थालेको र मुलुकभित्र यो धारमा लागेर रोजगारको सुनिश्चितता नहुनु पनि समस्या रहेको बताउँछन्। 

यस वर्षको एसएलसी परीक्षा यही चैत १८ गतेबाट सुरु हुँदैछ । यस वर्षबाट पहिलोपटक विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन पद्धति ९लेटर ग्रेडिङ० बाट हुँदैछ । परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सम्मिलित हुँदैछन् । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए। परीक्षामा देशभरि ७२ हजार ८९६ जनशक्ति परिचालन गरिनेछ । सुरक्षाकर्मी मात्रै २९ हजार १४५ परिचालन हुनेछन्।

परीक्षालाई मर्यादित बनाउन शिक्षा सेवाका १८ सहसचिवको नेतृत्वमा अनुगनम हुने जनाइएको छ । 

रासस

 

प्रतिक्रिया