Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सुरु

मंगलबार, १६ चैत्र २०७२

काठमाडौँ, १६ चैत्र । तिन दिने राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन राजधानीमा  सुरु भएको छ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)द्वारा आयोजित सम्मेलनमा दक्षिण एसियालीसहित विभिन्न १० मुलुकका वैज्ञानिकहरु सहभागी छन् । 

सम्मेलनमा करिब एक हजार जना वैज्ञानिक/प्राविधिकहरुको सहभागीता छ ।  २०४५ सालदेखि हरेक चार वर्षको अन्तरालमा राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन गर्दै आएको नाष्टको तीन दिनसम्म चल्ने सम्मेलनमा ५६ वटा प्राविधिक सत्र सञ्चालन गरी ६ सय ८ वटा वैज्ञानिक/प्राविधिक कार्यपत्र प्रस्तुत गर्ने छन् ।

 

प्रतिक्रिया