काठमाडौँ, १६ चैत । बाराको अमलेखगन्ज–६ स्थित मुख्य राजमार्गमा सोमबार बिहान भएको सवारी दुर्घटनामा पद्मकन्या क्याम्पस काठमाडौँकी स्ववियु सभापतिसहित दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कारचालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की र उदयपुर, कटारी–२ की ३७ वर्षीया लालकुमारी पोखरेल ९स्वस्तिका० रहेका छन् । पोखरेल पद्मकन्या क्याम्पस काठमाडौँकी स्ववियु सभापति हुन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नेपालगन्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना४ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा३च ८०९७ नम्बरको कार बिहान एकआपसमा ठोक्ँिकदा उनीहरुको मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेवि सङ्घकी नेतृ एवम् पद्मकन्या क्याम्पसकी स्ववियु सभापति पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
रासस
प्रतिक्रिया