काठमाडौँ, १६ चैत्र । बैतडी आम्बाचौरा ७ स्थित नौलास्थित उदयदेव प्राथमिक विद्यालयमा विद्यार्थी रित्तिँदै गएका छन् । स्थानीयवासीको बसाइँ सर्ने क्रम बढेपछि उक्त विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । अहिले ३ विद्यार्थी मात्र नियमित विद्यलाय आउँछन् । उनीहरुलाई पढाउन २ शिक्षक खटिएका छन् ।
३ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा चालू शैक्षिक सत्रमा ५ विद्याथीए भर्ना भएका थिए । उनीहरुमध्ये ३ जना मात्रै नियममित विद्यालय आउने गरेका छन् । कक्षा १ मा३ अनि २ र ३ मा एक एक विद्यार्थी छन् । छिमेकी गाँए मार्थलाका २ विद्यार्थी आउजाउ गर्न ३ घण्टा लाग्ने भएकाले नियमित नआउने शिक्षक धनबहादुर चन्दले बताए ।
२(३ जना विद्यार्थी आए पनि नियमित पढाइ गर्दै आएइका छौं, शिक्षक चन्दले भने ‘एक्लो गाउँ भएकाले विद्यालय मर्ज वा सार्न सकिने अवस्था पनि छैन । दुवै शिक्षक राहत दरबन्दीका हुन् । त्यसमा पनि चन्द ३ वर्ष काजमा तिलकपुर माविमा खटिएकमा थिए । जिल्ला शिक्षा कार्यालयले काज बस्न नपाउने पत्र पठाएपति आफू असोजमा फर्केको उनले बताए ।
(कारोबार दैनिकमा प्रकाशित)
प्रतिक्रिया