Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसीमा कुन ग्रेड ल्याउनेले ११ पढ्न पाउने ?

मंगलबार, १६ चैत्र २०७२

काठमाडौँ, १६ चैत्र । शिक्षा मन्त्रालयले यसै वर्षदेखि एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणलीमा सार्वजनिक गर्नै निर्णय गरे पनि कुन ग्रेडसम्म पाउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने भन्ने अझै निर्णय गरेको छैन ।  उच्च माध्यामिक शिक्षा परिषद्ले समयमै यसबारे निर्णय गर्न नसक्दा विद्यार्थीमा अन्योल छ । 

पर्याप्त तयारीबिना ग्रेडिङ प्रणलीमा नतिजा सार्वजनिक गर्न लागिएको भन्दै सरोकारवालाले आलोचना गरिरहेका बेला परिषद्को ढिलाइले सरकारी अपरिपक्वतालाई थप प्रष्ट पारेको छ ।  राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्ले परीक्षार्थीको नतिजलाई प्राप्तांकका आधारमा नौ तहमा वर्गीकरण गरेर नतिजा सार्जजनिक गर्ने निर्णय गरेको छ । 

सुरुमा उच्च माध्यमिक शिक्षा परिषद्ले ग्रेडिङ प्रणलीमा समग्रमा ४० अंकभन्दा माथि ल्याउनेलाई मात्र कक्षा ११ मा भर्ना गर्न पाउने बताएको थियो । तर शिक्षामन्त्रीको अध्यक्षतामा दुई साता अघि बसेको पाठ्यक्रम परिषद्को बैठकले परीक्षार्थीलाई विषयअनुसार छुट्टाछ्ट्टै ग्रेड दिने दोस्रो निर्णय गरेको थियो ।  कुन तहसम्म्का विद्यार्थीलाई ११ मा भर्ना गर्ने भन्ने विषयमा निर्णय हुन ढिलो भएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया