काठमाडौँ, १६ चैत्र । एसएलसी परीक्षा सञ्चालन निर्देशिका २०६८ ले परीक्षा केन्द्र तोकिएको विद्यालयको प्रधानाध्यापक नै त्यहाँको केन्द्रध्यक्ष रहने व्यवस्था गरेको छ । प्रधानाध्यापक मावि तहको स्थायी नरहे अर्को विद्यालयको मावि स्थायी शिक्षकलाई केन्द्रध्यक्ष तोक्ने विकल्प खुल्ला गरिएको छ ।
केन्द्रध्यक्षमा हुने राजनीतिक भागवन्डा अन्त्य गर्न निर्देशिका जारी भएपनि यस वर्षको एसएलसीमा त्यही विकल्पमा टेकेर भागबन्डा गर्ने संस्कृतिले निरन्तरता पाएको छ । जिल्ला शिक्षा कार्यलय स्रोतका अनुसार यसपालि दैलेखका ल३१ केन्द्रमध्ये १४ केन्द्रध्यक्ष नेपाली कांग्रेस निकट र १२ जना एमाले निकट राष्ट्रिय शिक्षक संगठनबाट केन्द्राध्यक्ष भए ।
जिल्ला संगठनको आकारअनुसार केन्द्रध्यक्ष भागबन्डा गरियो, स्रोतले भन्यो । स्रोतले नेपाल क्रान्तिकारी शिक्षक संघ र संगठनबाट दुई दुई जना केन्द्रध्यक्ष राखिएको जानकारी दिए ।
(नगारिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया