काठमाडौँ, १४ चैत । विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले शिक्षालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर लैजानुपर्ने बताएका छन् । भक्तपुरको सानोठिमी क्याम्पसमा शिक्षा प्रविधि नेपालको आज प्रथम साधारणसभामा बोल्दै उनले शिक्षालाई प्रविधिसँग जोडेर लैजान नसके नेपालको शिक्षाले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताए ।
सरकारले शिक्षामा लगानी बढाउँदै गए पनि अझै विद्यालयमा सूचना प्रविधिको पहुँच पुग्न नसकेको बताउँदै यसतर्फ शिक्षाको लगानी केन्द्रित हुनुपर्नेमा मन्त्री थापाको जोड थियो । शिक्षा प्रविधि नेपालको अधिवेशनले सुरेन्द्र बटालाको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
रासस
प्रतिक्रिया