Edukhabar
आइतबार, १८ फागुन २०८१
अन्तैवाट

एक सय ५३ विद्यार्थी एसएलसी परीक्षाबाट वञ्चित

आइतबार, १४ चैत्र २०७२

काठमाडौँ, १४ चैत । सल्यानका १५३ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेका कारण एसएलसी दिनबाट वञ्चित भएका हुन् । 

जिल्ला शिक्षा कार्यालय सल्यानका अनुसार जिल्लामा रहेका सामुदायिक तथा संस्थागत गरी ४४ विद्यालयमा अध्ययनरत विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेकै कारण वञ्चित हुनुपरेको हो । जसमा १०१ जना छात्र र ५२ जना छात्रा रहेको जिल्ला शिक्षा अधिकारी वरखुप्रसाद रजकले जानकारी दिए । 

उनले भने – “विद्यालयमा भर्ना भएमात्र पुग्छ, एकैपटक परीक्षा दिन गए हुन्छ भन्ने मान्यताका कारण विद्यालयमा विद्यार्थी उपस्थित हुँदैनन् तर शिक्षा नियमावलीमा ७५ प्रतिशत हाजिर नपुगेमा परीक्षा दिन नपाइने व्यवस्था छ, पढाइ छाडेर भारतलगायत अन्य देशमा जाने भएकाले पनि विद्यालयमा हाजिर हुँदैनन् ।”  

यस वर्ष सल्यानबाट सात हजार ५४ परीक्षार्थीले परीक्षा दिने छन् । जिल्लाभर २४ वटा परीक्षा केन्द्रबाट विद्यार्थी परीक्षामा सम्मिलित हुनेछन् । 

रासस 

 

प्रतिक्रिया