Edukhabar
आइतबार, १८ फागुन २०८१
खबर/फिचर

विद्यार्थीको भविष्यमाथी खेलबाड गर्ने प्रअ भन्छन् ‘भ्याएसम्म उत्तरपुस्तिका जाँचेकै हुँ’ 

शनिबार, १३ चैत्र २०७२

काठमाडौँ – विद्यार्थीबाट जाँच लिने तर उत्तरपूस्तिका नजाँचीकनै पास फेल गर्ने शारदा माध्यामिक विद्यालय शंकरापुरका प्रधानध्यापक राम बहादुर लामाले आफुले उत्तरपूस्तिका सकेसम्म जाँचेको दाबी गरेका छन् । 

शंकरापुर नगरपालिकाको वडा नं. ३ मा रहेको शारदा माध्यामिक विद्यालयले विद्यार्थीबाट परीक्षा लिने तर उत्तरपूस्तिका नजाचिकनै हचुवाका भरमा अंक दिएर विद्यार्थी पास फेल गर्ने गरेको खुलासा समाचार पछि एडुखबरले उनीसंग कुराकानी गर्दा उनले यस्तो दाबी गरेका हुन् ।

पढ्नुहोस :  प्रधानाध्यापकको चरम लापरबाही : उत्तरपुस्तिका नजाचेरै विद्यार्थी पास फेल !

यसरी नजाचिएका उत्तरपूस्तिकामा कक्षा २ देखि ८ सम्मका भेटिएका छन् । विद्यालयका  शिक्षक, अभिभावक र विद्यार्थीले नजाँचेका उत्तरपूस्तिका भेटेका अभिभावकले दाबी गरेका छन् ।

‘उनीहरुले कुन आधारमा कुन कुरामा चित्त नबुझेर त्यस्तो भने मलाई थाहा छैन्’ एडुखबरसंग फोनमा उनले भने ‘मैले सकेसम्म जाचँेकै छु ।’ भूकम्पले विद्यालय भत्केर केही क्षति भएको हो । तर मेरै दराजबाट निकालिएको उत्तरपूस्तिका मैले नजाचेको भन्ने नहोला ।’

आर्थिक हिनामिना र ‘सोसल अडिट’ बारे सोध्दा उनले भने ‘मैले धेरै अभिभावकलाई बोलाएर भेला गर्ने प्रयास गरेको हुँ । तर अभिभावकहरु नै नबुझेर आफु–आफुमा लडाई गरेपछि मैले कसरी गर्नु ? व्यवस्थापन समिती र अभिभावकले साथ नदिदाँ मैले ‘सोसल अडिट’गर्न नसकेको हो । आर्थिक हिनामिना केही गरेको छैन् ।’ 

एमालेनिकट मानिने प्रअ लामा २०५७ सालदेखि प्रावि अस्थायी शिक्षकका रुपमा कार्यरत छन् । वातावरण तथा विज्ञान विषय पढाउदै आएका उनी वि.स.२०६३ सालमा विद्यालयको प्रधानाध्यापक भएका हुन् । 

उनले आफुले विद्यार्थीको भविष्यमाथी खेलबाडँ नगरेको पनि दाबी गरे ।  बैशाख १२ को भूकम्पले विद्यालयका दुईओटा भवन भत्किएका छन् । भवन नहुँदा विद्यार्थीलाई पढ्न समस्या भइरहेको छ भने बनाइएका टिएलसी पनि दयनीय अवस्थाका छन् ।   

 

‘मैले भ्याइन जे गरे गर्नुस’ भन्ने धम्की 

विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष पूर्णराज लामाले प्रअ लामाको लापरबाहीपूर्ण कामबाट आफुहरु लामो समयदेखि पीडित रहदै आएको बताए ।

‘हामीले पटक पटक भन्यौँ, यस्तो किन गर्नु भएको भनेर सोध्यौ पनि तर मैले भ्याईन तपाई जे गर्नुहुन्छ गर्नुस भनेर धम्की दिनुहुन्छ’ उनले भने ‘यस्तो धम्कीपुर्ण व्यवहारबाट हामी पनि पीडित छौँ ।’

आफुहरुले पटक पटक भन्दा पनि उनले बेवास्ता गर्ने गरेको संघका अध्यक्ष लामाको भनाई छ ।   प्रधानाध्यापकको व्यवहार र लापरबाही कामले विद्यार्थी, अभिभावक र शिक्षक सबै पीडित बनेको लामाको भनाई छ । 

‘विद्यार्थीहरले ताला लगाउने प्रयास समेत गरे । यस्ता गल्तीहरु पटक पटक गरेपछि अरु शिक्षकले पनि भने । हामी अभिभावकले पनि भन्यौ । तर कसैको कुरा सुनुवाई हुदैन् ।’ उनले भने । 

आफुले यस्ता नजाँचेका उत्तरपूस्तिका सिरानीमा राखेर सुतेको भन्दै अरुलाई भन्दा पनि खासै कसैले वास्ता नगरेको बताए ।

 

मन्त्रालयमा छलफल हुन्छ : सहप्रवक्ता पोखरेल 

यसबारेमा शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलसंग जिज्ञासा राख्दा उनले अहिल्यै जवाफ दिन नमिल्ने तर यसबारेमा मन्त्रालयमा छलफल हुने बताइन् ।

‘कक्षा ३ सम्म निरन्तर मुल्यांकन प्रणाली छ । कापी जाच्नै परेन । पास गरे पुग्छ, विद्यार्थीको मुल्यांकन गरेर । तर कक्षा ४ देखि ८ सम्म जाच्नुपर्ने हो । तर नजाँचीकनै पास फेल गर्ने बारेमा यसै भन्न सकिन्न ।’ उनले भनिन् । 

शिक्षा मन्त्रालयले कक्षा १ देखि ८ सम्म आधारभूत र ८ देखि १२ कक्षासम्म उच्च शिक्षा भनेर शिक्षाको आठौ संशोधन संसदमा पेश गरेपनि त्यो लागु भईसकेको छैन् ।  तर शिक्षक र त्यसमा पनि प्रधानाध्यापकले नै यस्तो लापरबाही गर्दा गम्भिर त्रुटि भएको उनको भनाई छ । 

प्रकाशित मिति : २०७२ चैत्र १३ गते ।

 

प्रतिक्रिया