Edukhabar
आइतबार, १८ फागुन २०८१
खबर/फिचर

प्रधानाध्यापकको चरम लापरबाही : उत्तरपुस्तिका नजाचेरै विद्यार्थी पास फेल !

शनिबार, १३ चैत्र २०७२

काठमाडौँ -  शंकरापुर नगरपालिकाको वडा नं. ३ मा रहेको शारदा माध्यामिक विद्यालयले विद्यार्थीबाट परीक्षा लिने तर उत्तरपूस्तिका नजाचिकनै हचुवाका भरमा अंक दिएर विद्यार्थी पास फेल गर्ने गरेको खुलासा भएको छ । 

विद्यालयका प्रधानाध्यापक रामबहादुर लामाले विगत दुई बर्षदेखि यस्तो चरम लापरबाही गर्दै आएको खुलासा भएको हो । प्रअ लामाको दराज र एक शिक्षकको कोठाबाट विद्यार्थीबाट परीक्षा लिएका उत्तरपुस्तिका नचाचेको फेला परेपछि यस्तो लापरबाही खुलेको हो । 

‘२०७० सालदेखि नै यस्तो हुदै आएको रहेछ । तर २०७१ को उत्तरपुस्तिका नजाचँेको हामीले फेला पारेपछि तथ्य बाहिर आएको हो ।’ विद्यालयकै एक शिक्षकले भने ‘जाचँ भनेर सबै शिक्षकलाई उत्तरपुस्तिका दिने तर स्वंयम प्रअ र उनीनिकटका शिक्षकहरुले नजाचँेको फेला परेको छ ।’ 

बैशाख १२ को भूकम्पले विद्यालयको कार्यालय भत्केपछि यस्तो तथ्य बाहिर आएको हो । विद्यालय भत्केपछि सामान उत्खनन् गर्दा उत्तरपुस्तिका नजाचेको फेला परेको हो । प्रधानाध्यापक लामाकै दराजबाट नचाचेको उत्तरपुस्तिकाका बण्डल फेला परेपछि उनीमाथी नै प्रश्न उठेको उनले बताए ।  

एक शिक्षकको कोठाबाट पनि नजाचेँको उत्तरपूस्तिका फेला परेको उनले बताए । प्रावि तहका  अस्थायी शिक्षक रहेका लामा विद्यालयको प्रधानाध्यापक हुदाँ समेत स्थानीय, अभिभावक र विद्यार्थीलाई समेत चित्त बुझेको छैन् ।  ३ सय ५० जना विद्यार्थी रहेको विद्यालयमा विद्यार्थी उतीर्ण दर पनि निकै कम रहेको ती शिक्षकले बताए ।  

प्रअ लामाले विद्यालयका सहयोगी भीमकुमारी धिमालको तलब समेत आफुले खाने गरेको उनले बताए । ‘जिल्लाबाटै ६२ सय तलब आउँछ तर प्रअले पियनलाई २४ मात्र दिदै आएका छन् ।’ उनले भने । 

पढ लेख नभएकी धिमाललाई जिल्ला शिक्षा कार्यालयबाटै तलब आउछँ भन्ने थाहा छैन् । त्यही फाइदा लामाले उठाउने गरेका छन् । उनले विद्यालयमा लामो समयदेखि ‘सोसल अडिट’ अर्थात सामाजिक लेखा परिक्षण समेत गर्ने गरेका छैनन् ।  

यस्तो कुरा पटक पटक उठाउँदा पनि नसुन्ने लामाले थुप्रै आर्थिक चलखेल गरेको शिक्षकहरुले गुनासो गर्ने गरेका छन् । तर यसबारेमा कसैको ध्यान पुगेको छैन् । जिल्ला शिक्षा कार्यालय काठमाडौँ र विद्यालय निरिक्षकहरुले समेत कुनै चासो नदिदाँ विद्यालयमा अनियमितता रोकिएको छैन् ।  वि.स. २०१२ सालमा प्रावि दरबन्दी लिएर स्थापना भएको विद्यालयमा अहिले १३ जना शिक्षक छन् ।  

उत्तरपुस्तिका नचाचेरै पास र फेल गराएपछि विद्यार्थी आक्रोशित भएका छन् । तर पनि एकलौटी निर्णयका साथ काम गर्दै आएका प्रअ लामाबाट स्थानीय र अभिभावक समेत असन्तुष्ट छन् ।

 

प्रकाशित मिति : २०७२ चैत्र १३ गते । 

 

प्रतिक्रिया