Edukhabar
आइतबार, १८ फागुन २०८१
अन्तैवाट

एसएलसी 'ग्रेडिङ'को अन्योल

शनिबार, १३ चैत्र २०७२

काठमाडौँ, १३ चैत्र । सिन्धुपाल्चोक, सुनखानीस्थित कोल्दौङदेवी माध्यमिक विद्यालयकी छात्रा पाल्साङ तामाङ चैत १८ देखि सुरु हुन लागेको एसएलसी परीक्षाको तयारीमा छन्। एसएलसीमा यही वर्षदेखि लागू हुने अक्षर ग्रेडिङ प्रणाली भनेको कस्तो होरु उनलाई थाहा छैन। 'शिक्षकले बुझाउने प्रयास त गर्नुभएको छ तर मैले पूरै बुझ्न सकेकी छैन,' उनले भनिन्।

सोही विद्यालयका आदित्य सुनार कक्षाकै अब्बल हुन्। अंग्रेजी, गणित र विज्ञानमा विशेष दक्खल राख्ने उनी पनि अक्षर ग्रेडिङबारे पूरै जानकार छैनन्। यो नयाँ प्रणाली विद्यार्थीको हितमा भए पनि यसले विशिष्ट श्रेणी ल्याउने मिहिनेती विद्यार्थीका लागि भने फाइदा नगर्ने उनको बुझाइ छ। 'औसत विद्यार्थीका लागि भने यस्तो प्रणाली राम्रै हुन्छ भन्ने मैले बुझेको छु,' उनले सुनाए।

सिन्धुपाल्चोककै अर्को विद्यालय महेन्द्रोदय उच्च माध्यमिक विद्यालयका नवराज ठकुरी पनि आदित्यको कुरामा सहमत छन्। यसमा थोरै मिहिनेतले पनि राम्रो प्रतिफल निस्किने उनी बताउँछन्। ुसबै विषयमा राम्रो नभएर एउटामा फेल अर्कोमा पास भन्ने हुँदैन,' उनी भन्छन्। नयाँ ग्रेडिङ प्रणालीअनुसार एसएलसीमा आफ्नो 'ए प्लस' आउने उनको अपेक्षा छ। 

त्यस्तै, काठमाडौंस्थित मदन भण्डारी मेमोरियल स्कुलका विद्यार्थी रविन मण्डल अक्षर ग्रेडिङ प्रणाली लागू हुनु सकारात्मक रहेको तर्क गर्छन्। यसले कसैलाई निराश बनाउँदैन भन्ने उनको आशा छ। यसमा फेल भइँदैन तर कम ग्रेड आए आफूले चाहेको विषय पढ्नै नपाउने हो कि भन्ने आशंकाले अहिले दैनिक १६ घन्टा पढिरहेको उनले बताए। 

६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी हुने यसपटकको एसएलसी विगतको तुलनामा फरक हुँदैछ। सरकारले परीक्षाको मूल्यांकन अंकका आधारमा नभई अक्षरमा गर्ने निर्णयसँगै परिणामको प्रवृत्ति फरक देखिनेछ। तर विद्यार्थी तथा शिक्षकमा यसबारे पूरा जानकारी नगराई लागू गर्न खोजिएकाले यसको नतिजा सकारात्मक आउला या नकारात्मक, हेर्न बाँकी छ। 

विद्यार्थी मात्र होइन, शिक्षक पनि अलमलमा छन् नयाँ प्रणालीबारे। मदनभण्डारी मेमोरियल स्कुलका प्रधानाध्यापक राजु रानामगर ग्रेडिङ सिस्टम अलमलको विषय भएको बताउँछन्। उच्च माध्यमिक शिक्षा परिषदले ुसीु भन्दा कम ग्रेड ल्याउनेलाई भर्ना लिन नसक्ने जनाएपछि अझ अन्योल थपिएको उनी बताउँछन्। 

ुपढ्नेरनपढ्ने कुरा मात्र होइन, आधिकारिक संस्थाबाट पनि केही धारणा आएको छैन,ु उनी भन्छन्। अभिभावक, सहकर्मी शिक्षक र विद्यार्थीले सोध्दा पनि सञ्चार माध्यमबाट प्राप्त जानकारीभन्दा थप कुरा थाहा छैन भन्नुपर्ने अवस्था रहेको रानामगर बताउँछन्। 

कोल्दौङदेवीका प्रधानाध्यापक लक्ष्मण थापा पनि आफूलाई अक्षर ग्रेडिङ प्रणालीबारे सामान्य मात्र जानकारी भएको बताउँछन्। उनलाई यसबारे न कसैले बतायो न आफंैले धेरै जान्ने प्रयास गरे। विगतभन्दा फरक तरिकाले विद्यार्थीको क्षमता मूल्यांकन हुन्छ भन्ने उनले बुझेका छन्। 

ुविगतमा पास र फेल भन्ने हुन्थ्यो, अहिले कोही पनि फेल हुँदैनन् भन्ने कुरा नै विद्यार्थीलाई बताएका छौं,' उनले भने, 'तर पनि 'डी' प्लसभन्दा कम ग्रेड ल्याउने विद्यार्थी फेलजस्तै मानिने भएकाले सोहीअनुसार मिहिनेत गर्नुपर्ने बताएका छौं।ु यद्यपि नयाँ प्रणालीका कारण अध्ययन र अध्यापनमा उल्लेखनीय भिन्नता भने नदेखिएको उनले बताए। 

सरकारले एसएलसीमा अक्षरांकन ग्रेडिङ प्रणाली गत वर्ष ९९ वटा प्राविधिक विद्यालयमा लागू गरेको थियो भने यस वर्ष साधारणतर्फ लागू गर्ने निर्णय गरेको थियो।  अक्षरांकन ग्रेडिङअन्तर्गत विभिन्न नौ वटा श्रेणीमा विद्यार्थीको क्षमतालाई छुट्टाइन्छ। जसअनुसार ९० भन्दामाथि अंक ल्याउनेलाई 'ए प्लसु, ८० देखि ९० ल्याउनेलाई 'एु, ७० देखि ८० अंक ल्याउनेलाई ुबी प्लसु, ६० देखि ७० अंक ल्याउनेलाई 'बीु, ५० देखि ६० अंक ल्याउनेलाई 'सी प्लसु, ४० देखि ५० अंक ल्याउनेलाई ुसीु ग्रेडमा राखिनेछ। ३० देखि ४० अंक ल्याउनेलाई 'डी प्लसु, २० देखि ३० अंक ल्याउनेलाई 'डीु र ० देखि २० अंक ल्याउनेलाई 'ईु श्रेणीमा वर्गीकरण गरिनेछ। 

नयाँ ग्रेडिङ प्रणालीले कतिपय विद्यार्थीमा भने उत्साह थपेको छ। मदन भण्डारी मेमोरियल स्कुलकी सुस्मिता धौरासिया ग्रेडिङ सिस्टमले आफूलाई फाइदा पुग्ने बताइन्। भन्छिन्, ुम औसत विद्यार्थी हुँ, एउटा विषयमा थोरै नम्बर आए पूरै प्रतिशत झर्ला भन्ने डर यसमा छैन।ु र अर्को मुख्य कुरा यसमा हामी फेल हुँदैनौं। जसले गर्दा कम ग्रेड आए पनि हामी अगाडि बढ्न सक्ने आधार बाँकी नै रहन्छ।

महेन्द्रोदय उच्च माध्यमिक विद्यालय, सिन्धुपाल्चोकका प्रधानाध्यापक निलप्रसाद सुवेदी पनि ग्रेडिङ प्रणालीबारे विद्यार्थीलाई बुझाउन लागिपरेका छन्। उनीहरुलाई सम्झाउन विद्यालय तहको परीक्षाको परीक्षाफल पनि ग्रेडिङ सिस्टममै प्रकाशित गरे यसपटक सुवेदीले। ुग्रेडिङको स्कोरिङबारे उनीहरु रणभुल्ल छन् तर सकारात्मक,ु उनले भने। पहिले प्रतिशत आउने र अब ग्रेडिङ आउने हुनाले कोही पनि निराश नभएको सुवेदीले बताए। ुसीु भन्दा तल आए आफूले रोजेको विषय पढ्न नपाइने भन्ने छाप परेकाले विद्यार्थीले मिहिनेत गरिरहेको उनले पाएका छन्। 

लालीगुराँस बालवाटिका स्कुल, काठमाडौंका शिक्षक हरि सापकोटा निकै वर्षअघिदेखि बहसमा सीमित ग्रेडिङ सिस्टम कार्यान्वयन हुन लागेकोमा खुसी छन्। यसलाई सकारात्मक रुपमा हेर्नुपर्नेमा उनको जोड छ। ुयसले निराश भएर वितृष्णा जाग्ने, आत्महत्यासमेत गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्नसक्छ। सामाजिक अपराध रोक्न सघाउँछ,ु उनी भन्छन्।  कुनै एउटा विषयमा कमजोर विद्यार्थीलाई अर्कोमा अवसर छ है भनेर देखाउन यो राम्रो मौका भएको र शिक्षकले पनि आफ्नो विद्यार्थीलाई यसरी बुझाउन सक्नुपर्नेमा सापकोटा जोड दिन्छन्।

प्रधानाध्यापक राजु रानामगरले भने ग्रेडिङ सिस्टमले बालबालिकामा एउटा डरलाग्दो मनस्थिति सिर्जना गरेको अनुभव गरेका छन्। अधिकांश विद्यार्थी फेल भइँदैन, जसरी पनि पास भइन्छ भन्ने सोचमा रहेको उनी बताउँछन्। विद्यार्थीले अहिले एसएलसी परीक्षाको तयारी गर्ने तरिका नै फरक भएको उनलाई लागेको छ। ुउनीहरुलाई एसएलसीपछि के पढ्ने भन्ने कुराको चिन्ता छैन,ु उनी थप्छन्, ुपहिले विद्यार्थीमा विशिष्ट श्रेणी आउँछ, पास हुन्छु वा फेल हुन्छु भन्ने हुन्थ्यो तर अहिले उनीहरुलाई जति पढभन्दा पनि म फेल त हुँदिनँ नि भन्ने भइरहेको छ।' 

पढाइमा अब्बल विद्यार्थीलाई ुए प्लसु ल्याउनुपर्छ भन्ने भए पनि अधिकांशमा पास भइहालिन्छ, किन दुःख गर्ने भन्ने मनस्थिति विकास भएको रानामगर बताउँछन्।  सापकोटा भने विद्यार्थीमा नपढे पनि पास भइने सोचलाई सतही भन्न रुचाउँछन्। विद्यार्थी कुनै न कुनै विषयमा अब्बल हुने भएकाले गहिरिएर मूल्यांकन गर्ने हो भने ग्रेडिङ प्रणालीले कसैलाई पनि थप पढ्नबाट वञ्चित नगर्ने उनको बुझाइ छ। ुनिजी विद्यालयका विद्यार्थी ुसीु र ुडीु मा झर्दैनन्। सामुदायिक विद्यालयका विद्यार्थीलाई हेर्ने हो भने पनि यो सकारात्मक हो,' सापकोटा भन्छन्। 

आफ्ना विद्यार्थीलाई अबको स्कोर ग्रेडिङ हुने भनेर प्रयोगात्मक अभ्यास र प्रशिक्षण दिएको उनले जानकारी दिए। सबै जना यसमा सकारात्मक हुनुपर्ने भन्दै उनी थप्छन्, ुगणित विषयमा कमजोर विद्यार्थी त्यसमा फेल भयो भन्दैमा जिन्दगीमा फेल भएको भन्ने हुँदैन। त्यति कारण एसएलसी फेल हुनुपर्ने अवस्था अब कसैले भोग्नुपर्दैन।'

बिनातयारी नयाँ प्रणाली

गत मंसिरमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्ले स्वीकृत गरेको विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधिले पाँच वटा परिच्छेदमा अक्षर ग्रेडिङ प्रणाली कार्यान्वयनबारे उल्लेख गरेको थियो। यसमा ग्रेड निर्धारण, विभिन्न निकायको भूमिका र पाठ्यक्रम परिमार्जनबारे उल्लेख छ।  यसबारे हरेक विद्यालय तहसम्म प्रशिक्षण कार्यक्रम राखेर मात्र लागू गर्नुपर्नेमा बिनातयारी गरिएको शिक्षक बताउँछन्। विज्ञ वा नीतिनिर्माण तहमा तयारी भए पनि विद्यार्थी र शिक्षक तहसम्म तयारी नपुगेको उनीहरुको गुनासो छ। 

'जसको भविष्यका लागि ग्रेडिङ गर्न लागिएको हो, त्यहाँसम्म स्पष्ट जानकारी पुर्यााउन सकिएन,' रानामगर भन्छन्। यसलाई प्रभावकारी बनाउन उपयुक्त प्रशिक्षण वा अभिमुखीकरणमा उनको जोड छ। त्यसो त सरकारी तहबाट मात्र होइन, निजी तहबाट पनि यसबारे खास प्रशिक्षण सञ्चालन भएको छैन। निजी विद्यालय संगठनले पनि अन्तर्गतका विद्यालयमा यसबारे स्पष्ट जानकारी पुर्यााउन सकेका छैनन्। 

शैक्षिक मूल्यांकनमा सुधार हुँदै जानु र नयाँ शैलीको प्रवेश हुनु सकारात्मक रहेको रानामगरको सोच छ तर पर्याप्त समय दिई प्रशिक्षित गराएर कार्यान्वयन गर्न सकेको भए थप प्रभावकारी हुने उनको ठम्याइ छ। 'लक्षित वर्गलाई यसबारे अभिमुखीकरण गर्न सकेको भए अझ राम्रो हुन सक्थ्यो,' उनी भन्छन्। सरकारको नियत राम्रो भए पनि व्यावहारिक अभ्यास कमी भएको रानामगरको बुझाइ छ।

शिक्षाविद् प्रा। विद्यानाथ कोइराला पनि पर्याप्त तयारी नभई ग्रेडिङ सिस्टम सुरु भएको बताउँछन्। शिक्षा मन्त्रालयले अहिले शिक्षक, विद्यार्थी, अभिभावक सबैमा अन्योल सिर्जना गरेको उनको आरोप छ। 'मन्त्रालयको तयारी ठ्याक्कै छैन, शिक्षा मन्त्रालयले धेरै प्रशिक्षण दिनुपर्छ,' उनी भन्छन्। सुरु गर्ने बेला मार्कसिटमा खास प्राप्तांक र जिपिए दुवै राखिदिनुपर्ने उनको सुझाव छ। 

लेटर ग्रेडिङ सिस्टम हुनु र नम्बर ग्रेडिङ सिस्टम हुनुमा खास फरक नभएको प्राध्यापक कोइराला बताउँछन्। नम्बर ग्रेडिङले ठिक्क नम्बर र लेटर ग्रेडिङले औसत नम्बर दिने हो। तर नम्बर ग्रेडिङले पास र फेल तोकेको र लेटर ग्रेडिङले निर्माणात्मक ढंगले ए, ए प्लस, बी, बी प्लस भन्दै तोकेको मात्र हो। ुयसो गर्दा शिक्षक अन्योलमा परे। विद्यार्थीमा नपढे पनि पास भइन्छ, ग्रेड नै त हो नि भन्ने भयो,ु उनले भने। 

अब विद्यार्थीले शून्य अंक ल्याए पनि एक सय पूर्णांकमा एक सय नै ल्याए पनि दस कक्षामा बस्नुपर्ने अवस्था अन्त्य भएको उनी बताउँछन्। तर फेल नै भइँदैन भन्ने हिसाबले बुझाइ ठिक होइन। विद्यार्थीले त्यसरी बुझ्न नहुने र शिक्षकले पनि त्यसरी बुझाउन नहुने उनले तर्क गरे। 

ुकति विद्यार्थी न पास हुन्छन्, न फेल। शिक्षकले १, २, ३, ४ नम्बर दिनु र ए, बी, सी, डी नम्बर दिनु एउटै हो भनेर बुझ्नुपर्थ्यो र बुझाइनुपर्थ्यो,ु उनी भन्छन्, ु५० नम्बर आउनु यो ग्रेडमा पर्ने रहेछ, शून्य नम्बर आउने भनेको यो ग्रेडमा पर्ने रहेछ भनेर बुझाइदिनुपर्थ्यो।' 

ग्रेडिङ प्रणाली आवश्यक भए पनि पर्याप्त तयारीबिना सुरु गरिएको अर्का शिक्षाविद् विष्णु कार्की पनि स्विकार्छन्। विद्यार्थी, शिक्षक मात्र नभएर रोजगारदाता र उच्च शिक्षा पढाउने शैक्षिक संस्थालाई पनि यसबारे पर्याप्त जानकारी हुनुपर्ने उनी बताउँछन्। अहिले रोजगारी र उच्च शिक्षामा भर्ना प्रतिशतकै आधारमा हुने भएकाले ग्रेडिङ प्रयोग व्यवस्थित हुन समय लाग्ने उनको आँकलन छ । 

'अहिले कसैले एक प्रतिशत कम वा बढी ल्याएको हिसाबमा भर्ना हुने–नहुने भन्ने छ। यस्तो चलनमा त्यो सबै कुरा व्यवस्थित नगरी प्रयोगका लागि सुरु भएको तर तयारीबिना सुरु भएको कुरा सत्य हो,' कार्की भन्छन्। यसले गर्दा अभिभावक र विद्यार्थी मात्र होइन, एसएलसीको कापी जाँच गर्ने शिक्षकसमेत अन्योलमा भएको उनको दाबी छ। 

'ग्रेडिङ सिस्टम त लागू गर्यौं तर स्कोरिङ कसरी हुन्छरु जाँच्ने शिक्षकले कसरी जाँच्छरु जाँच्दा अंकका आधारमा जाँच्ने र पाएको अंकका आधारमा ए, बी, सी गर्ने हो भने के आधार भयो तरुु उनी प्रश्न गर्छन्।  सय पूर्णांकमै उत्तरपुस्तिका जाँच गरेर अंक दिने पहिलेकै शैली अपनाएर त्यसलाई ग्रेडिङमा बदलिए ग्रेडिङको कुनै अर्थ नहुने शिक्षाविद् कार्की बताउँछन्। ुयसमा कम्पिटेन्सीको मेट्रिक्स प्रयोग गर्नुपर्ने हो,' उनी भन्छन्। यसका लागि उत्तरपुस्तिका जाँच गर्ने परम्परागत शैली पनि परिवर्तन गर्नुपर्नेमा उनको जोड छ। 

केही शिक्षण संस्थालाई छाडेर नेपालमा अझै पनि उच्च शिक्षामा समेत परम्परागत प्रतिशत र अंक शैलीमा परीक्षाफल प्रकाशित गरिने भएकाले विद्यार्थीलाई मनोवैज्ञानिक रुपमा ग्रेडिङ प्रणालीबारे बुझ्न केही समय लाग्नेछ।  पर्याप्त तयारीबिना सुरु गरिएको भए पनि यसका सकारात्मक पाटा प्रशस्त भएको कार्की बताउँछन्। परीक्षाफलमा जम्मा कति आयो भनेर प्रतिस्पर्धा गराउने भन्दा पनि विषयअनुसारको ग्रेडिङले महत्व राख्ने उनको राय छ। ुरोजगारकै सन्दर्भमा कुनै रोजगारदातालाई अंग्रेजीमा कमजोर भए पनि मलाई मतलब छैन, अरु विषयमा राम्रो गरेको रहेछ भन्ने ठीक छ भन्ने लाग्न सक्छ,' उनी थप्छन्, 'अहिलेको हाम्रो सिस्टम एउटा विषय कमजोर हुँदा फेल हुन्थ्यो, विद्यार्थीमाथि अन्याय थियो।' 

उच्च शिक्षामा चुनौती 

सरकारले विद्यार्थीलाई तिमीहरु सबै कोही फेल हुँदैनौ, अब मन लागेको पढ्न बाटो नछेकिने भयो भने पनि के एसएलसीको पढाइ उति सहज होला त भन्ने टुंगो भने अझै लागेको छैन। निजी प्लस टुले राम्रा विद्यार्थी मात्रै ताक्नु स्वाभाविक हो। त्यस्ता विद्यालयले सीभन्दा तल ल्याउने विद्यार्थीलाई फेल नै ठानेर भर्ना नलिने सम्भावना छ। 

सिटिइभिटीले त सी ग्रेडभन्दा तल ल्याउनेलाई भर्ना नलिने निर्णयै गरिसकेको छ। उच्च माध्यमिक शिक्षा परिषद्ले भने यसबारे अझै निर्णय लिइसकेको छैन। लोकसेवा आयोगले पनि कुन–कुन तहलाई योग्य ठान्ने भन्ने अझै निर्णय गरिसकेको छैन। यस्तोमा तल्ला श्रेणी ल्याउनेलाई सबैले बहिष्कार गरे भविष्यमा उनीहरुको व्यवस्थापन थप चुनौती बन्न सक्छ। 

शिक्षाविद् कोइराला भन्छन्, 'त्यस्ता विद्यार्थीलाई आधारभूत सीपयुक्त तालिम दिनुपर्ने थियो, यसका लागि सरकारले पहिल्यै तयारी गर्नुपर्नेमा अहिलेसम्म केही गरेको छैन।' उमाशिप, सिटिइभिटी तथा सरकार मिलेर त्यस्ता विद्यार्थीलाई व्यवस्थापन गर्न नयाँ योजना ल्याउनुपर्ने उनको तर्क छ। त्यस्ता विद्यार्थीले थप पढ्न पनि नपाउने र जागिर पनि नपाउने अवस्था रह्यो भने यो प्रणालीले झन् सामाजिक विचलनको अवस्था नल्याउला भन्न नसकिने शिक्षाविद्को ठम्याइ छ। 

'सबैको ए, ए प्लस आयो। एउटाको भर्ना भयो, अर्कोको भएन भने के गर्नेरुु उनको प्रश्न छ। अहिलेसम्म एसएलसीको स्कोरिङ अंकमा हुने गरेकामा त्यससँग ग्रेडिङलाई कसरी तुलना गर्ने र कसरी मूल्यांकन गर्ने भन्ने समस्या केही समय जारी रहिरहने उनी बताउँछन्।  सिटिइभिटीले 'सीु लाई झैं उमाशिपले 'ईु ल्याएको विद्यार्थीलाई भर्ना लिन्नँ भन्यो भने अवस्था जटिल बन्न सक्ने उनको बुझाइ छ। 

पहिलोपटक लेटर ग्रेडिङमा पर्ने यस वर्षका ६ लाखभन्दा धेरै विद्यार्थीमध्ये विगतको नतिजा हेर्दा यो अन्योलमा पर्ने विद्यार्थीको संख्या ४ लाख हुने कोइराला बताउँछन्। 'डी' प्लसभन्दा कम ल्याउने ४ लाख विद्यार्थीलाई कसले, कसरी भर्ना लिने भन्ने विषयमा मन्त्रालयले स्पष्ट योजना नबनाएको कोइरालाको भनाइ छ। 

एसएलसी अक्षरांकन ग्रेडिङ प्रणाली

अंक ग्रेड

९० देखि १०० 'ए' प्लस

८० देखि ९० 'ए'

७० देखि ८० 'बी' प्लस

६० देखि ७० 'बी'

५० देखि ६० 'सी" प्लस

४० देखि ५० "सी'

३० देखि ४० 'डी' प्लस

२० देखि ३० डी

० देखि २० ई

(नागरिक दैनिकमा शिक्षा रिसालले समाचार लेखेकी छन् ।)

प्रतिक्रिया