Edukhabar
आइतबार, १८ फागुन २०८१
अन्तैवाट

मावि सञ्चालन गर्न माग

शनिबार, १३ चैत्र २०७२

काठमाडौँ, १३ चैत । सुनसरीको सीमावर्ती गाविस घुस्कीको सामुदायिक विद्यालयमा मावि तहको पठनपाठन सञ्चालनका लागि स्थानीयवासीले माग गरेका छन् ।  माध्यामिक तहको पठनपाठन नहुँदा अधिकांश बालबालिका बीचैमा पढाइ छोड्न बाध्य भएकाले मावि तहको कक्षा सञ्चालनका लागि पहल गरिदिन स्थानीयवासीले माग गरेका हुन् । 

मावि तहको सामुदायिक विद्यालय नहुँदा टाढा गएर तथा महँगो शुल्क तिरेर पढ्नुपर्ने बाध्यता रहेको घुस्कीका ताहिर अन्सारीले गुनासो गरे ।  सरकारले प्रत्येक गाविसमा कम्तीमा एउटा माध्यमिक विद्यालय सञ्चालन गर्ने रणनीति लिएको भएपनि जिल्लाको वसन्तपुर, मध्यहर्षाही र जल्पापुरसहित पाँच गाविसमा माध्यमिक तहको विद्यालय छैन । जिल्लामा ३८१ सामुदायिक विद्यालयसहित एक हजार ५०० वटा साना ठूला शैक्षिक सस्ंथा छन् । 

रासस 

 

प्रतिक्रिया