Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थीमा देशभक्ति जगाउनुपर्छ – बिजुक्छे

शनिबार, १३ चैत्र २०७२

काठमाडौँ, १३ चैत । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का अध्यक्ष नारायणमान बिजुक्छे ले भारतको बिस्तारवादी चरित्रले बेलाबेलामा दुई देशबीचको सम्बन्धमा सङ्कट उत्पन्न हुने गरेको बताएका छन् । 

नेमकिपा निकट नेपाल क्रान्तिकारी शिक्षक सङ्घले शुक्रबार आयोजना गरेको ‘वर्तमान अवस्थामा नेपाल–भारत सम्बन्ध’विषयक प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेले नेपाल र भारतबीचको मनमुटावलाई गहन रुपमा लिनुपर्ने बताउँदै दुई देशबीच नङ र मासुजस्तै घनिष्ट सम्बन्ध भएको धारणा राखे । 

उहाँले विद्यार्थीमा देशभक्ति भावना कमजोर हुँदा राष्ट्र नै सङ्कटमा पर्ने गरेको चर्चा गर्दै नयाँ पुस्तामा देशभक्तिको जागरण ल्याउने काममा शिक्षकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।  नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष जगनाथ सुजखुको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक ज्ञानसागर प्रजापतिले पनि नेपाल–भारत सम्बन्धका बारेमा चर्चा गरेका थिए । 

रासस 

 

प्रतिक्रिया