काठमाडौँ, १२ चैत । यस वर्षको एसएलसी परीक्षामा झापाबाट सहभागी विद्यार्थीमध्ये ३०९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले कम्तीमा पनि ७५ प्रतिशत विद्यालयमा हाजिरी भएको हुनुपर्ने प्रावधान छ । त्यसैले एसएलसी परीक्षाका लागि झापाका १०४ वटा माध्यमिक विद्यालयबाट आवेदन भरेका ३०९ जना विद्यार्थी हाजिरी नपुगेका कारण परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
गत वर्ष ७१७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका थिए । यसैगरी, यस वर्षको एसएलसीमा झापाबाट १६ हजार ९८५ जना विद्यार्थी सहभागी हुने सहायक जिल्ला शिक्षा अधिकारी गणेश अधिकारीले बताए ।
शिक्षा कार्यालयको तथ्याङ्कअनुसार नियमिततर्फ १३ हजार ४९७ रहेका छन्, जसमध्ये छात्र छ हजार ४५६ र छात्रा सात हजार ४१ जना छन् । यसैगरी आंशिकतर्फ तीन हजार ४८२ जना विद्यार्थी छन् । जसमध्ये छात्र एक हजार १९७ र छात्रा दुई हजार २८५ जना रहेको परीक्षा शाखाका दिनेश आचार्यले बताए ।
रासस
प्रतिक्रिया