Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

शुक्रबार, १२ चैत्र २०७२

काठमाडौँ, १५ चैत । फागुपूर्णिमाका अवसरमा भक्तपुर बहुमुखी क्याम्पसमा आयोजित फागुसम्बन्धी सांस्कृतिक कार्यक्रमलाई लिएर नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ९नेक्राविसङ्घ०ले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । 

सांस्कृतिक कार्यक्रमका नाममा क्याम्पसभित्र विद्यार्थीलाई मादक पदार्थ र धूमपान सेवन गराई हुलदङ्गा गराएको भन्दै नेक्राविसङ्घले तालाबन्दी गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । 

नेक्राविसङ्घले गत फागुन २८ गते प्रजिअ, महानगरीय प्रहरी परिसर भक्तपुर र भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख समक्ष ज्ञापनपत्र बुझाएर क्याम्पस परिसरभित्र मादक पदार्थ र धूमपान सेवन गरी हुलदङ्गा भड्किने कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरे पनि त्यसलाई बेवास्ता गरेर सांस्कृतिक कार्यक्रमका नाममा क्याम्पस हाताभित्र अनैतिक काम गर्न छुट दिएकाले विद्यार्थीहरु आन्दोलनमा उत्रिएको जनाएको छ । 

नेक्राविसङ्घले पूर्वाधार र सन्दर्भ सामग्रीको बन्दोबस्त र सरोकार भएका विद्यार्थीसँग अन्तक्र्रिया नगरी प्रशासनले मनपरी र एकपक्षीय रुपले व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको शोधपत्र विषयमा गरेको शुल्कवृद्धि खारेज हुनुपर्ने, शिक्षक कर्मचारी नियुक्ति खुला प्रतिस्पर्धाबाट निष्पक्ष, प्रक्रियासँग र पारदर्शी तवरले हुनुपर्ने तथा विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने माग समेत गरेको छ । 

रासस 

 

प्रतिक्रिया