काठमाडौँ, ११ चैत्र । सरकारी तथा गैरसरकारी कार्यालय गरी दुई सय वटा वेबसाइट ह्याक गरेको अभियोगमा कक्षा ११ मा अध्ययनरत छात्र विकास पौडेल पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले आइतबार पक्राउ गरेको हो ।
तनहुँ बन्दीपुर घर भई हाल बालाजु हाइट बस्दै आएका बर्षीय पौडेलले विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको साइट ह्याक गरेको पनि स्वीकार गरेका महाशाखाले जनाएको छ । उनी बालाजुकै एक उच्चमाविमा व्यवस्थापन तथा कम्प्युटर विषयका छात्र हुन् । अपराध महाशाखाका साइबर पिलर प्रमुख प्रहरी निरिक्षक पशुपति रायले वेबसाइट ह्याक गर्ने अभियुक्त पौडेलले अन्तराष्ट्रिय ह्याकर गिरोहसंग पनि सहयोग लिएको बताए ।
वेबसाइट ह्याक गरेपछि पौडेलले ‘एनोनेन्स ओपनेन’ (अज्ञात) भनेर पौडेलले सकेंत छाड्ने गरेका थिए । प्रहरी निरिक्षक रायले सोही नामलाई पछ्याउदै वेबसाइट ह्याकर पौडेलसमक्ष पुगेको बताए ।
(गोरखापत्र दैनिकमा प्रकाशित)
प्रतिक्रिया