काठमाडौँ, १० चैत्र । वर्षेनी पाठ्यपुस्तकको समस्या भोग्दै आएका कर्णालीका विद्यार्थीले यस बर्ष भने समयमै पुस्तक पाउने भएका छन् । नयाँ शैक्षिक सत्रका लागी कर्णालीका जिल्लाहरुमा पर्याप्त पुस्तक पुगिसकेको मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका अनुसार सबै जिल्लाका गोदाममा अहिले पाठ्यपुस्तक मौज्दातसमेत राखिएको छ । फागुनबाट नयाँ शैक्षिक सत्र शुरु भएका कर्णालीका हुम्ला, डोल्पा र जुम्लामा यस बर्षको माघमा नै नीजि विक्रेताले पुस्तक ढुवानी गरेका थिए ।
यस्तै जनक शिक्षाले समेत जिल्लामा डिपो स्थापना गरेर पाठ्यपुस्तक विक्री गरेका कारण यस बर्ष पुस्तक अभाव नहुने निर्देशनालयले जानकारी दिएको छ । बैशाख १ गतेबाट शैक्षिक सत्र शुरु हुने कर्णालीका कालिकोट र मुगुमा पनि पाठ्यपुस्तक मौज्दात रहेको बिक्रेताले बताएका छन् ।
कर्णाली लगायत मध्यपश्चिम क्षेत्रका सरकारी विद्यालयमा अध्ययनरत सबै विद्यार्थीले नयाँ शैक्षिक सत्रका समयमै पाठ्यपूस्तक पाउने भएका छन् ।
(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)
प्रतिक्रिया