Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

स्ववियु चुनाबको पक्षमा दश विद्यार्थी संगठन

शुक्रबार, ०५ चैत्र २०७२

काठमाडौँ, ५ चैत्र । दश वटा विद्यार्थी संगठन स्ववियु निर्वाचनको पक्षमा एकजुट भएका छन्। नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी सहितका १० वटा विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सार्थक पहल गर्न विश्वविद्यालयलाई समुहिक रुपमा आग्रह गरेका छन्।

विद्यार्थी संगठनहरुबीचको मतभेदका कारण दुई वर्षअघि हुनुपर्ने स्ववियु निर्वाचन अनिश्चित रहेको अवस्थामा बिहीबार यस्तो निर्णय भएको हो। 'लोकतान्त्रिक प्रक्रियाको धड्कन जनमत होु, अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले भने, 'त्यसका लागि अवरुद्ध रहेको स्ववियु चुनाब प्रक्रिया अघि बढाउने दिशामा १० विद्यार्थी संगठनहरु सँगै उभिनेबारे छलफल भएको छ।'

विद्यार्थी संगठनहरुको बैठकले विद्यालयहरुले थोत्रा सवारी साधनमा बालबालिका कोचेर ओसारपसार गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै कारवाही माग पनि गरेको छ। बालबालिका ओसार्ने कार्यको छानवीन, अनुगमन र कारवाही हुनुपर्ने माग उनीहरुको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्व सन्ध्यामा बसेको सो बैठकले लिपुलेक सम्झौताबारे चिनियाँ पक्षको धारणा माग गर्दै त्यसलाई सच्याउन पहल गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ। यसैगरी निजी विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्माण भएकाले त्यसलाई इमन्दारीपुर्वक लागू गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ।

१० विद्यार्थी संगठनको संयुक्त बैठकले अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नवीना लामाको नेतृत्व विजयी भएकोमा उनलाई बधाई ज्ञापन गरेको थियो।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया