Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एमबीबीएस पढेर ट्याक्टर चलाउँदै !

शुक्रबार, ०५ चैत्र २०७२

काठमाडौँ, ५ चैत्र ।  नक्कली चिकित्सक खोज्ने क्रममा २३ फागुनमा धनुषाका प्रदीपकुमार गुप्ता पक्राउ परे । चिकित्सकको लाइसेन्सको परीक्षा दिन काठमाडौं आएकाबेला उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

नयाँ पत्रिका दैनिक लेख्छ  ‘कुन कुन अस्पतालमा काम गर्‍यौ ? ’ प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले सोधपुछ गर्दा मण्डलले भने, ‘कहाँ काम गर्नु हजुर, गाउँमा ट्याक्टर चलाउँदै आएको छु ।’  लाइसेन्स परीक्षामा फेल भएपछि धनुषामा ट्याक्टर चलाएर बस्नु परेको उनले बताएका छन् ।

६ वर्षअघि चीनबाट एमबीबीएस पढेर आएका गुप्ता पटक पटक लाइसेन्स परीक्षा दिँदा पनि सफल हुन सकेनन् ।   एबीबीएस पढ्न आइएस्सीको नक्कली सर्टिफिकेट बनाएको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको हो ।  सिआइबीले पक्राउ गरेका १५ नक्कली डाक्टरमध्ये उनी पनि एक हुन् । 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया