Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थी भर्नामा नेपालीलाई कडाइ विदेशीलाई खुलमखुला

शुक्रबार, ०५ चैत्र २०७२

काठमाडौँ, ५ चैत्र । भर्नाको सिजन शुरु भएलगत्तै सरकारले निर्देशिका र निर्देशन दिएर कडाइ गर्न थालेको छ । तर, विदेशी विद्यालयहरु भने पाँचतारे होटलबाट धमाधम विद्यार्थी भर्ना गरेर आफ्नो देशमा लैजाने गरेका छन् ।  यसलाई कसले नियन्त्रण गर्ने भन्ने विषयमा सरकार मौन छ । नेपाल शैक्षिक मेला भर्न आएका विद्यालयका सञ्चालकहरुले स्पटमै भर्ना गरेर गुणस्तरीय शिक्षा दिने बहानामा विदेश लैजाने गरेका छन् । 

‘फाइभ स्टार होटलमा बसेर भर्ना गरेपछि हाम्रो के हालत होला ? सरकारले शुल्क निर्धारण निर्देशिका पालना नगर्ने विद्यालयलाई कारबाही गर्ने भनेपछि हाम्रो बिजोग भएको छ,’ प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने ।

उनले प्रत्येक वर्ष करिब ५ हजार विद्यार्थी विशेष गरी भारतको बिभिन्न राज्यमा पढ्न जाने गरेको बताए ।‘कसले नियन्त्रण गर्ने ?’ शाहीले भने, ‘तपाईंहरु हाम्रो विषयमा लेख्नुहुन्छ तर धमाधम विदेशीले बच्चा लगेको विषयमा कसैको ध्यान जाँदैन ।’

(नेपाल समाचारपत्र दैनिकमा प्रकाशित)

प्रतिक्रिया