Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

विद्यालय पुननिर्माणका लागि गठित परियोजनामा श्रेष्ठ

विहीबार, ०४ चैत्र २०७२

काठमाडौं - भूकम्पले भत्केका विद्यालयको पुननिर्माणका लागि गठित परियोजना कार्यान्वयन एकाइ पीआईयू प्रमुखको जिम्मेवारी सहसचिव ईमनारायण श्रेष्ठलाई दिईएको छ । शिक्षा मन्त्रालयको गत सोमबारको निर्णय अनुसार जिम्मेवारी पाएका श्रेष्ठले विहीबार पद वहाली गरेका छन् ।

एसियाली विकास बैंक एडीबी र जापानीज सहयोग नियोग जाइकाको २ अर्व ४० करोड रुपैंया सहयोगमा भूकम्प प्रभावित १४ जिल्लामा भत्किएका विद्यालय निर्माणको काम हुँदै छ । उक्त रकमबाट तीन वर्षमा एक हजार पाँच सय विद्यालय निर्माण गर्ने योजना छ । यसवर्ष एडीबीले दुई सय १० र जाइकाले ९२ विद्यालय बनाउने भएका छन् ।

'जाइकाले ६ जिल्ला र एडीबीले ८ जिल्लामा पुर्ननिर्माणको काम गर्ने योजना बनाईएको रहेछ, भर्खरै जिम्मेवारी पाएको हुँदा विस्तृत अध्ययन गर्दैछु' श्रेष्ठले एडुखबरसँग भने, 'परियोजनाको म्याण्डेड अनुसार उपलब्ध बजेटलाई सहि ठाउँमा खर्च गर्ने र नतिजा मुखि उपलब्धि हासिल गर्ने तर्फ नै मेरो ध्यान केन्द्रित हुन्छ ।'

भूकम्प प्रभावित भौतिक संरचनाहरुको पुननिर्माण प्राथमिकीकरणको क्रममा विद्यालयलाई तेस्रो स्थानमा राखिएको छ । सरकारले भत्किएका विद्यालयको पुननिर्माणको काम पाँच वर्षभित्र सक्ने लक्ष्य राखेको छ । भुकम्पले ५ हजार विद्यालय पूर्ण रुपमा क्षति भएका छन् ।

भूकम्पले भत्केका विद्यालयको पुननिर्माणको काम ३ बर्ष भित्र सक्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पुननिर्माण प्राधिकरण सहित सरोकारवालालाई यस अघि नै निर्देशन दिएका थिए । मन्त्रीले प्राधिकरण सहित शिक्षा र अर्थ मन्त्रालयका प्रतिनिधि विचको छलफलमा यस्तो निर्देशन दिएका थिए ।

भूकम्पले भत्केका विद्यालयको पुननिर्माण ३ बर्षमा !

योजना आयोग मार्फत् बजेट उपलब्ध गराउने गरी शिक्षा विभाग अन्र्तगत गठन भएको एकाईलाई प्राधिकरण गठन संगै सिधै मन्त्रालय अन्र्तगत राखिएको छ । जिल्ला शिक्षा कार्यालय अन्र्तगत रहने अवधारणामा शुरु गरिएको परियोजनाको जिल्ला कार्यान्यन एकाईलाई पनि छुट्टै संरचनामा रहने गरी स्थापना गर्ने तयारी छ ।

पुननिर्माणका लागि छुट्याईएको बजेट खर्च तथा विद्यालय बनाएको जस कसले लिने भन्ने बारेमा प्राधिकरण र एकाइ बिच हानथाप भएको थियो ।

जस लिने होडले धकेल्यो विद्यालय पुननिर्माणको काम

परीक्षा नियन्त्रक खगेन्द्र नेपाल विरामी भएपछि परियोजना प्रमुख कृष्ण काप्रीलाई नियन्त्रकको जिम्मेवारी दिईएसंगै एकाइ प्रमुख विहीन भएको थियो । २०७१ माघ ३० गते सहसचिवमा बढुवा भएका श्रेष्ठ शैक्षिक जनशक्ति विकास केन्द्र अन्र्तगत खुल्ला तथा दूर शिक्षा महाशाखा प्रमुखका रुपमा कार्यरत थिए ।

प्रकाशित मिति २०७२ चैत ४ गते

प्रतिक्रिया