Edukhabar
शनिबार, १७ फागुन २०८१
गतिविधि

परीक्षाफल प्रकाशित

मंगलबार, ०२ चैत्र २०७२

काठमाडौँ, २ चैत्र । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको विज्ञान तथा प्रविधि संकाय अन्तर्गत बि.एस.सी.चौथो सेमेष्टरको नतिजा सोमबार प्रकाशित भएको छ । गत पौषमा भएको परीक्षामा नियमित तर्फ ४८ जना र आंशिकतर्फ १० जना उत्तीर्ण भएका छन् ।

अनुतीर्ण परीक्षार्थीले उत्तरपुस्तिकाको पुनर्योग गराउन चाहेमा प्रतिविषय रु २०० कादरले लब्धांक पत्र प्राप्त भएको मितिले १५ दिनभित्र प्राज्ञिक निर्देशकको कार्यालय मार्फत डीनको कार्यालयमा आइपुग्ने गरि तोकिएको ढांचामा निवेदन दिनुपर्ने विज्ञान तथा प्रविधि संकायले जनाएको छ।

परीक्षाको नतिजा मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेतको वेबसाइट www.mwu.edu.np मा हेर्न सकिन्छ ।

प्रतिक्रिया