Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थीद्धारा आयल निगम घेराउ

सोमबार, ०१ चैत्र २०७२

 काठमाडौँ, १ चैत्र । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विराट पेट्रोलियम कम्पनीलाई बढी मूल्यमा पेट्रोलियम पदार्थ आयात गर्न दिएको अनुमति खारेजीको माग गर्दै आइतबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ ।  

युनियनका विद्यार्थी बबरमहलस्थित कार्यालयअगाडि भेला भई पेट्रोलियम पदार्थ तथा ग्यासलगायत इन्धनको काठमाडौँ उपत्यकामा आपूर्ति सहज बनाउनसमेत माग गरे ।  अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विराट पेट्रोलियम कम्पनीलाई चलनचल्तीको मूल्यभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ किनबेच गर्न दिने अधिकार न्यायोचित हुन नसक्ने बताए ।  

सोही सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाले बजारमा देखिएको इन्धन अभावमाथि छानबिनको माग गरे ।   

रासस 

 

 

प्रतिक्रिया