काठमाडौँ, १ चैत्र । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भारतसंग मिलेर नाका रोकिदा विद्यार्थी पढाईबाट बञ्चित हुनुपरेको बताएका छन् । एनेकपा (माओवादी)का मुख्य सचेतक समेत रहेका पोखरेलले महोत्तरीका आइतबार कार्यकर्तासँगको भेटघाटमा यस्तो बताएका हुन् ।
मन्त्री पोखरेलले नाकाबन्दीबाट देश कमजोर मात्रै हुने र त्यसबाट मधेसीका अधिकार प्राप्त नहुने पनि स्पष्ट पारे । उनले आन्दोलनरत पक्षले आफ्नो समस्या आफैँले समाधान गर्नुपर्ने भन्दै आफ्ना आन्तरिक मामिलामा बाहिरी शक्तिलाई गुहार्नु राम्रो नभएको पनि दाबी गरे ।
मन्त्री पोखरेलले अहिलेको संविधान पूर्ण नभए पनि गतिशील भएको र यसको समयसापेक्ष संशोधन गरेर आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै लगिनेमा जोड दिए । उनले मधेसी, थारू, मगरलगायत नेपालमा आन्दोलनरत सबै पक्षको मुद्दा आफ्नो पार्टीको पनि एजेन्डा रहेकाले त्यसका लागि आफ्नो पार्टीले पनि अझै सङ्घर्ष गरिरहेको बताउँदै बिस्तारै सबै माग सम्बोधन हुने विश्वास व्यक्त गरे ।
रासस
प्रतिक्रिया