Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

परीक्षाफल प्रकाशित

सोमबार, ०१ चैत्र २०७२

काठमाडौँ, १ चैत्र । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७२ मङ्सिर÷पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) प्रथम वर्ष २०७१ को परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्यणानुसार प्रकाशन गरिएको छ । 

आइतबार प्रकाशित नतिजा नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । त्यस्तै एमपिए स्पेस रोल नं टाइप गरी ४९४९ मा एसएमएस गरी समेत नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

उक्त परीक्षाफल www.educationsansar.com, www.educationkhabar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा  पनि हेर्न सकिनेछ । 

 

रासस 

 

प्रतिक्रिया